विपद् व्यवस्थापनसम्बन्धी कामको प्रगति समीक्षा सम्पन्न

महेन्द्रनगर (धनुषा), १५ साउन । मधेसमा जलसङ्कट समाधानका लागि मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक आज जनकपुरधाममा सम्पन्न भएको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयअन्तर्गत सो समितिको बैठकमा सङ्घीय सरकारबाट भइरहेका विपद्सम्बन्धी कामको प्रगतिमाथि समीक्षा भएको मन्त्रालयले जनाएको छ । साथै प्रदेश सरकारको आगामी कार्यदिशा तथा स्थानीय तहसँगको समन्वयमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रदेश गृहमन्त्री लेखीले जानकारी दिनुभयो । बैठकले हालै गृह मन्त्रालयमार्फत खरिद गरिएका आठमध्ये ६ वटा दमकल स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

ती दमकलमार्फत स्थानीय तहबाटै सङ्कटग्रस्त क्षेत्रमा खानेपानी आपूर्ति सुनिश्चित गरिनेछ । हाल सप्तरी र पर्सा जिल्लाको खानेपानी आपूर्ति गरिरहेका बाँकी दुईवटा दमकललाई सोही प्रयोजनमा लगाइने निर्णय बैठकले गरेको छ । साथै, विपद् सङ्कटग्रस्त क्षेत्रमा खानेपानी तथा सिँचाइको व्यवस्था गर्न सङ्घीय सरकार र अन्य दातृ निकायबाट प्राप्त स्रोतसाधनलाई प्रभावकारी रुपमा प्रयोग गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई कार्यान्वयनमा लैजान अनुरोध गर्ने निर्णय पनि गरिएको छ । बैठकले विपद् प्रभावित क्षेत्रमा कार्य प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेशका सम्बन्धित मन्त्रालयसँग समन्वय गरी सबै सरोकारवाला निकायलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।

त्यसैगरी, नेपाली सेनाले शान्ति मिसनबाट प्राप्त १७ वटा पानी ट्याङ्कर र एउटा ‘बम डिस्पोजल’ गाडीलाई प्रचलित कानुनअनुसार अस्थायी दर्ता गराउन प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयमा सिफारिस गर्ने निर्णय पनि समितिले गरेको छ । गृहमन्त्री लेखीका अनुसार विपद् व्यवस्थापनलाई अझ सक्रिय, प्रभावकारी र दिगो बनाउन प्रदेश सरकारले आगामी दिनमा थप योजनाहरु कार्यान्वयनमा लैजाने निर्णय भएको छ । बैठकमा मधेस प्रदेशमा रहेका नेपाली सेनालगायत सरोकारवाला पदाधिकारीहरुको सहभागिता थियो ।

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

Read More »

३९ लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

Read More »