लागूऔषधसहित काठमाडौँबाट छ जना पक्राउ

काठमाडौँ, १५ साउन । लागूऔषधको अवैध कारोबारमा संलग्न छजना काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका छन् । प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नाम्यागल रोडमा लागूऔषध ६०० ट्याब्लेट नाइट्राभेट बोकेर हिँडिरहेको अवस्थामा पाँच जना र काठमाडौँ महानगरपालिका–२६ सामामुखीबाट खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको हो । प्रहरीले लागूऔषध ओसारपसारमा संलग्नलाई आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कालिकोटका २५ वर्षीय सरोज शाही, सिन्धुपाल्चोकका २४ वर्षीय सूर्य लामा, काभ्रेपलाञ्चोकका ३३ वर्षीय विमल मगर, कास्कीका ३४ वर्षीय आशिष विक र ३० वर्षीय मनवीर गुरुङ तथा झापाका ३३ वर्षीय शङ्कर राजवंशी रहेका छन् । राजवंशीको साथबाट १०९ दशमलव २२ ग्राम खैरो हेरोइन, डिजिटल तराजु एक थान, मोबाइल नौ थान र नेपाली नगद रु ८२ हजार ६३५ बरादम गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो ।

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

Read More »

३९ लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

Read More »