हुम्लामा जनता आवास कार्यक्रमबाट निर्माण भएका घर प्रयोगविहीन

हुम्ला, १८ साउन । न्यून आयस्रोत भएका लक्षित वर्गका लागि जनता आवास कार्यक्रमबाट घर निर्माण गरिएका भए पनि प्रयोगमा आउन सकेका छैनन् । हुम्लाका चार वटा स्थानमा यस्ता सरकारी लगानीका घर निर्माण गरिएका भए पनि ती घर सेवाग्राहीले प्रयोगमा ल्याउन भने नचाहेका हुन् ।

अदानचुली गाउँपालिका–२ को मकैमा जनता आवास कार्यक्रमको आर्थिक सहयोगमा नौ वटा घर निर्माण भए पनि ती सबै घर प्रयोगविहीन रहेको स्थानीय दत्त बुढाले बताए । बजेट पाउने आशामा अपायक पर्ने स्थानमा घर निर्माण गरिएका कारण पनि सेवाग्राहीले प्रयोगमै ल्याउन नचाहेको उनको भनाइ छ । तीनकोठे भवन निर्माणका लागि जनता आवास कार्यक्रमबाट प्रतिघर साढे तीन लाखभन्दा बढी लगानी गरिएको छ ।

यी घर छनोटमा परेका न्यून आयस्रोत भएका गरिब तथा दलित परिवारले आफैँ निर्माण गरेका हुन् । घर निर्माण हुनु गरिबका लागि सकारात्मक कुरा भएको बताउँदै उहाँले तर अहिले प्रयोगमा किन आउन सकेनन् भन्ने कुराको खोजी हुन आवश्यक रहेको छ ।

यस्तै खार्पुनाथ गाउँपालिका–५ को याङ्चुमा पनि २७ जना दलित घरधुरीका लागि निर्माण गरिएका भवन प्रयोगमै नआई जीर्ण अवस्थामा पुगेको स्थानीय पारस शाहीले बताए । छ वर्षअगाडि निर्माण गरिएका भवन गाउँपालिका केन्द्र भएकै स्थानमा भए पनि प्रयोगमा आउन सकेका छैनन् । यी घर निर्माणका लागि दुई लाख ७० हजार रुपियाँ जनता आवास कार्यक्रमले सहयोग गरेको थियो ।

यता सिमकोट गाउँपालिका–५ र ६ मा पर्ने गुम्बामा निर्माण गरिएका तीन वटा भवन पनि प्रयोग बिहिन छन् । यी भवन आवश्यकता भन्दा पनि पहुँचका भरमा निर्माण गरिएका कारण प्रयोगमा आउन नसेको स्थानीय सुरेश परियारले बताए ।

जनता आवास कार्यक्रम सञ्चालन गर्दै आएको सघन सहरी विकास कार्यालय जुम्लाका सबइन्जिनियर विमल रावतले माग आउने भवन निर्माण हुने तर प्रयोगमा नआउने समस्या हुम्लामा देखिएको बताए । यसरी सरकारी बजेट खर्च गरेर निर्माण गरिएका भवनको प्रयोगका लागि नयाँ उपाय लागु गर्न लागिएको जानकारी दिए ।

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

Read More »

३९ लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

Read More »

प्रेस स्वतन्त्रता संकुचन गर्ने सरकारको कुनै मनसाय छैन : मन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै मनसाय नराखेको स्पष्ट पारेका छन्। आइतबार नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनलाई

Read More »

त्रिभुवन विमानस्थलबाट थाइल्यान्डबाट ल्याइएको गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । थाइल्याण्डबाट ल्याइएको गाँजासहित लागु औषध नियन्त्रण ब्युरो शाखाले कोलकत्ता पश्चिम बंगाल ठेगाना

Read More »

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० र चाँदी १० रुपैयाँले घटेको हो

Read More »

सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताएका छन् । आज नेपाल पत्रकार महासङ्घले ललितपुरमा आयोजना गरेको

Read More »