काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्नो ४०औँ वार्षिकोत्सवको अवसरमा देशैभर वृक्षारोपण गरेको मनाएको छ । प्राधिकरणका अनुसार साउन १५ गते आफ्ना देशभरका कार्यालयले १० हजारभन्दा बढी बिरुवा रोपेको हो
विद्युत्का उत्पादन, प्रसारण तथा वितरण संरचना निर्माण गर्ने क्रममा हुने गरेको रुख कटानबाट पर्यावरणीय सन्तुलनमा पर्ने असर कम गर्न वृक्षारोपण प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार वार्षिकोत्सव समारोह मूल प्रबन्ध समितिअन्तर्गतको प्रचार प्रसार उपसमितिको संयोजनमा भक्तपुरस्थित कृषि विकास तालिम केन्द्र परिसरमा विभिन्न प्रजातिका फलफूलका १०० वटा बिरुवा रोपिएको हो ।








