पर्वतीय पर्यटनका पथप्रदर्शकलाई तालिम

गण्डकी, १८ साउन । नेपाल पर्वतारोहण सङ्घ, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको संयुक्त आयोजनामा पर्वतीय पर्यटनका पथप्रदर्शकका लागि आजदेखि पोखरामा छ दिवसीय तालिम सुरु गरिएको छ । गण्डकी अल्पाइन क्लब र काठमाडौँ इन्भाइरोलमेन्टल एजुकेशन प्रोजेक्ट (किप)को प्राविधिक सहयोगमा ‘जङ्गलमा प्राथमिक उपचार, नक्सा पठन, पहाडी पैदल यात्रा’ विषयक छ दिवसीय तालिम सुरु गरिएको हो । नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष विकास गुरुङले तालिममा ३० जना पर्वतीय पर्यटनका पथप्रदर्शक सहभागी रहेका जनाउँदै उहाँहरूलाई सैद्धान्तिकसँगै विज्ञबाट अधिकतम प्रयोगात्मक सीप प्रदान गरिने बताउनुभयो ।

पर्वतीय पर्यटनलाई व्यवस्थित, प्रभावकारी र समयसापेक्ष बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनुभयो । सङ्घ गण्डकी प्रदेशका पूर्वअध्यक्ष शेषकान्त शर्माले पोखरामा रहनुभएका तीन हजार पर्वतीय पर्यटनका प्रथप्रदर्शकमध्येबाट ३० जना छनोट गरी यस किसिमको तालिम दिन लागिएको जानकारी दिनुभयो । सङ्घको गण्डकी प्रदेशका सचिव मनशान्त घिमिरेले पर्वतीय पर्यटनमा जाने पथप्रदर्शकले प्राथमिक उपचार, नक्सा पठनलगायत अत्यावश्यक विषयमा प्रभावकारी ज्ञान हासिल गरेमा उहाँहरूले आफू र सँगै जाने पर्यटकलाई सम्भाव्य जोखिमबाट बचाउन सक्ने धारणा राख्नुभयो । उहाँका अनुसार तालिमअन्तर्गत सहभागीलाई स्थलगत रूपमा लगेर प्रयोगात्मक अभ्यास गराउने कार्यसूची रहेको छ ।

३९ लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

Read More »

प्रेस स्वतन्त्रता संकुचन गर्ने सरकारको कुनै मनसाय छैन : मन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै मनसाय नराखेको स्पष्ट पारेका छन्। आइतबार नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनलाई

Read More »

त्रिभुवन विमानस्थलबाट थाइल्यान्डबाट ल्याइएको गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । थाइल्याण्डबाट ल्याइएको गाँजासहित लागु औषध नियन्त्रण ब्युरो शाखाले कोलकत्ता पश्चिम बंगाल ठेगाना

Read More »

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० र चाँदी १० रुपैयाँले घटेको हो

Read More »

सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताएका छन् । आज नेपाल पत्रकार महासङ्घले ललितपुरमा आयोजना गरेको

Read More »

अमेरिकी स्वतन्त्रताको २५० औं वार्षिकोत्सव : ट्रम्पले भने– अमेरिका विश्वको गौरवको प्रतीक

काठमाडौं । संयुक्त राज्य अमेरिकाले आज स्वतन्त्रताको २५० औं वार्षिकोत्सव मनाइरहेको छ । यस अवसरमा आज अमेरिकाको पेन्सिलभेनिया, न्युयोर्क र वासिङ्टन डिसी लगायत सबै राज्यमा

Read More »