नेपालको संसद्का तर्फबाट भदौ २ र ३ गते अन्तरराष्ट्रिय सम्मेलन गरिने

काठमाडौँ, १८ साउन । नेपालको संसद्का तर्फबाट आउँदो भदौ महिनाको २ र ३ गते अन्तरराष्ट्रिय सम्मेलन गरिने भएको छ । जलवायु परिवर्तनले पारिरहेको असर सम्बन्धमा नेपालको संसद्का तर्फबाट आगामी भदौ २ र ३ गते अन्तरराष्ट्रिय सम्मेलन गरिने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालका तर्फबाट सहभागिता जनाउनु भई आज स्वदेश फिर्ता हुनुभएका सभामुख घिमिरेले अन्तर व्यवस्थापिक–सङ्घ (आइपियू) का अध्यक्षसँग पनि आउँदो जनवरी ३० र ३१ मा एसिया प्यासिफक रिजनको जलवायुका असरहरूसँग सम्बन्धित एउटा कार्यक्रम गर्नेबारे छलफल गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जलवायु परिवर्तनले पारिरहेको असरलाई लिएर नेपालको संसद्का तर्फबाट अन्तरराष्ट्रिय सम्मेलन गर्न लागेकोबारे पनि सम्मेलनमा छलफल भएको छ । भदौको २ र ३ गते अन्तरराष्ट्रिय सम्मेलन गर्नेछौँ ।” सभामुख घिमिरे अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त राष्ट्रसङ्घद्वारा संयुक्त रूपमा आयोजित संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा सहभागी हुन यही साउन ११ गते जेनेभा प्रस्थान गर्नुभएको थियो । यही साउन १४ देखि १७ गतेसम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना भएको सम्मेलनका क्रममा उहाँले संयुक्त अधिराज्य बेलायत, स्विट्जरल्यान्ड, माल्टा, इजरायल, भूटानलगायत मुलुकका सभामुखहरूसँग द्विपक्षीय भेटघाट गर्नुभएको थियो ।

३९ लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

Read More »

प्रेस स्वतन्त्रता संकुचन गर्ने सरकारको कुनै मनसाय छैन : मन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै मनसाय नराखेको स्पष्ट पारेका छन्। आइतबार नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनलाई

Read More »

त्रिभुवन विमानस्थलबाट थाइल्यान्डबाट ल्याइएको गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । थाइल्याण्डबाट ल्याइएको गाँजासहित लागु औषध नियन्त्रण ब्युरो शाखाले कोलकत्ता पश्चिम बंगाल ठेगाना

Read More »

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० र चाँदी १० रुपैयाँले घटेको हो

Read More »

सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताएका छन् । आज नेपाल पत्रकार महासङ्घले ललितपुरमा आयोजना गरेको

Read More »

अमेरिकी स्वतन्त्रताको २५० औं वार्षिकोत्सव : ट्रम्पले भने– अमेरिका विश्वको गौरवको प्रतीक

काठमाडौं । संयुक्त राज्य अमेरिकाले आज स्वतन्त्रताको २५० औं वार्षिकोत्सव मनाइरहेको छ । यस अवसरमा आज अमेरिकाको पेन्सिलभेनिया, न्युयोर्क र वासिङ्टन डिसी लगायत सबै राज्यमा

Read More »