गण्डकी प्रदेशका प्रमुखबाट दुई विधेयक प्रमाणीकरण

गण्डकी, १९ साउन । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेशसभाबाट पारित ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई प्रमुख भट्टले आज प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका सहायक प्रवक्ता सीता सापकोटा सुवेदीले जानकारी दिनुभयो ।

दुवै विधेयक यही साउन १२ गते प्रदेश प्रमुखको कार्यालयमा प्रमाणीकरणका लागि पेस गरिएको थियो । संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रेस स्वतन्त्रता संकुचन गर्ने सरकारको कुनै मनसाय छैन : मन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै मनसाय नराखेको स्पष्ट पारेका छन्। आइतबार नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनलाई

Read More »

त्रिभुवन विमानस्थलबाट थाइल्यान्डबाट ल्याइएको गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । थाइल्याण्डबाट ल्याइएको गाँजासहित लागु औषध नियन्त्रण ब्युरो शाखाले कोलकत्ता पश्चिम बंगाल ठेगाना

Read More »

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० र चाँदी १० रुपैयाँले घटेको हो

Read More »

सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताएका छन् । आज नेपाल पत्रकार महासङ्घले ललितपुरमा आयोजना गरेको

Read More »

अमेरिकी स्वतन्त्रताको २५० औं वार्षिकोत्सव : ट्रम्पले भने– अमेरिका विश्वको गौरवको प्रतीक

काठमाडौं । संयुक्त राज्य अमेरिकाले आज स्वतन्त्रताको २५० औं वार्षिकोत्सव मनाइरहेको छ । यस अवसरमा आज अमेरिकाको पेन्सिलभेनिया, न्युयोर्क र वासिङ्टन डिसी लगायत सबै राज्यमा

Read More »

सिक्टा सिँचाइ आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ

बाँके । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समय सीमाभित्र सम्पन्न गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका

Read More »