यू–१९ एसिया कप: नेपाल भारतसँग १० विकेटले पराजित

काठमाडौं, २६ मंसिर । जारी एसीसी यू–१९ एसिया कपमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा जारी समुह ए अन्तर्गतको अन्तिम खेलमा मंगलबार नेपाल भारतसँग १० विकेटले पराजित भएको हो ।

नेपालले दिएको ५३ रनको लक्ष्य पछाएको भारतले ८.१ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल केवल २२.१ ओभरमा अल आउट हुदै ५२ रन मात्र बनाएको थियो । 

यो यू–१९ टिमले एकदिवसीय क्रिकेटमा बनाएको अहिलेसम्मकै सबैभन्दा कम योगफल हो । यसअघि नेपालले सन् २००८ मा वेस्ट इन्डिजविरुद्ध ७४ रन मात्र बनाएको थियो ।

भारतविरुद्ध यस खेलमा नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न भारतका राज लिम्बानीले सात विकेट लिए । राजले ९.१ ओभर बलिङ गर्दै तीन मेडनसहित १३ रन दिएर ७ विकेट लिएका थिए । त्यसैगरी आरध्य शुक्लाले २ र अर्सिन कुलकर्णीले एक विकेट लिए ।

योसँगै नेपालले लगातार तीन खेलमा हार व्यहोरेर प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल पाकिस्तानसँग ७ विकेटले र अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

त्यसैगरी भारतले ३ खेलमा २ खेलमा जितेर ४ अंक हासिल गरेको छ र सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । अब समुह ए बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो अहिले नै जारी रहेको पाकिस्तान र अफगानिस्तानबीचको खेलपछि लाग्ने छ ।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »