अवरुद्ध कर्णाली कोरिडोर खुल्यो

हुम्ला, २० साउन । अविरल वर्षाका कारण अवरुद्ध हुम्लाको सर्केगाड गाउँपालिका–१ अन्तर्गत कर्णाली कोरिडोरको खच्चा सडक सञ्चालनमा आएको छ । खच्चा सडकमा माथिबाट खसेको पहिरो एक्साभेटरले फालेपछि सञ्चालनमा आएको हो ।

पहिरो खसेर अवरुद्ध भएको खच्चामा एक्साभेटर तयारी अवस्थामा राखिएकाले समयमै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक (डिएसपी) शङ्कर पोखरेलले बताउनुभयो । अवरुद्ध खच्चा सडकखण्ड सञ्चालनमा आएपछि दुवैतर्फका सवारीसाधन आउजाउ गर्न पाएका छन् ।

आइतबारदेखि अवरुद्ध भएको सडक डोजर ल्याएर पहिरो पन्छाएपछि नेपालगन्ज सुर्खेतबाट आएका र सिमकोटबाट आएका सवारीसाधनसँगै यात्रु सोमबार गन्तव्यमा लागेका छन् । वर्षाले सडक अवरुद्ध हुँदा जिल्लाबाहिरबाट सदरमुकाम सिमकोटसहित आसपासमा भित्रिने तथा बाहिरिने मालवाहक ट्रक, बोलेरो जिपलगायत अन्य सवारीसाधन रोकिएका थिए । सोमबार दिउँसो सडकखण्ड सञ्चालनमा आएपछि यात्रुलाई सहज भएको छ ।

सो सडक अवरुद्ध भएको खच्चामा एक मात्र होटेल भएकाले यात्रुलाई आइतबार निकै सास्ती भोग्नु परेको स्थानीय जैरका राजबहादुर बुमीले बताए । सो क्षेत्रमा सवारीसाधन र मानिस बसिरहँदा माथिबाट पहिरो खस्ने होकी भन्ने चिन्ताले आफूलाई सताएको थियो सडक सञ्चालनमा आएपछि निर्धक्क भएर यात्रा गर्न पाउँदा आफूहरू खुसी भएको बताए ।

खच्चा सडकखण्ड क्षेत्रमा हरेक वर्ष वर्षायाममा पहिरो जाने र हिउँदयाममा सुक्खा पहिरो गइरहने गरेको छ । वर्षाको समयबाहेक पनि सुक्खा पहिरोले सडक अवरुद्ध हुने गरेको छ । यसले गर्दा सवारीसाधन आउजाउमा समेत समस्या हुने गरेको छ ।

हरेक वर्ष अवरुद्ध हुँदै आएको सडक मर्मतमा बेवास्ता हुँदा हुम्ला, मुगु र बाजुरा गरी तीन जिल्लाका यात्रु मर्कामा पर्ने गरेका छन् । जमुनाह–हिल्सा जोड्ने कर्णाली कोरिडोर अन्तर्गतको खच्चा सडकखण्डको वैकल्पिक सडक नहुँदा सवारीसाधन मात्रै नभएर यात्रुलेसमेत यस खण्डमा समस्या झल्दै आउनु परेको यात्रुको भनाइ छ ।

त्रिभुवन विमानस्थलबाट थाइल्यान्डबाट ल्याइएको गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । थाइल्याण्डबाट ल्याइएको गाँजासहित लागु औषध नियन्त्रण ब्युरो शाखाले कोलकत्ता पश्चिम बंगाल ठेगाना

Read More »

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० र चाँदी १० रुपैयाँले घटेको हो

Read More »

सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताएका छन् । आज नेपाल पत्रकार महासङ्घले ललितपुरमा आयोजना गरेको

Read More »

अमेरिकी स्वतन्त्रताको २५० औं वार्षिकोत्सव : ट्रम्पले भने– अमेरिका विश्वको गौरवको प्रतीक

काठमाडौं । संयुक्त राज्य अमेरिकाले आज स्वतन्त्रताको २५० औं वार्षिकोत्सव मनाइरहेको छ । यस अवसरमा आज अमेरिकाको पेन्सिलभेनिया, न्युयोर्क र वासिङ्टन डिसी लगायत सबै राज्यमा

Read More »

सिक्टा सिँचाइ आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ

बाँके । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समय सीमाभित्र सम्पन्न गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका

Read More »

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »