बडिगाडमा डायलाइसिस सेवा सुरु, पश्चिम बागलुङका बिरामीलाई राहत

पश्चिम बागलुङका मिर्गौला पीडित बिरामीहरूका लागि खुसीको खबर आएको छ। बडिगाड गाउँपालिकाको १५ शय्याको आधारभूत अस्पतालमा अब चाँडै डायलाइसिस सेवा सुरु हुने भएको छ। संघीय सरकारअन्तर्गतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई १ करोड १ लाख ४४ हजार ८२० रुपैयाँ बराबरका पाँचवटा डायलाइसिस उपकरण प्रदान गरेसँगै सेवा सुरु हुने तयारीमा छ।

बडिगाड–५, ग्वालीचौरमा १८ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको आधुनिक भवनमा यही साउन १ गतेदेखि १५ शय्याको अस्पतालले सेवा दिन सुरु गरेको हो।

गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीका अनुसार, डायलाइसिस सेवा उपलब्ध गराउने यो सम्भवतः देशकै पहिलो आधारभूत अस्पताल हो। यस सेवाले धवलागिरि अञ्चलभरिका साथै छिमेकी जिल्ला गुल्मी, रुकुम र रोल्पाका जनतालाई समेत राहत दिने अपेक्षा गरिएको छ।

सेवा सुरु गर्नका लागि आवश्यक उपकरण भित्रिइसकेका छन् भने जनशक्ति तयार पार्ने प्रक्रिया तीव्र गतिमा अघि बढाइएको छ। एक मेडिकल अधिकृत र तीन स्टाफ नर्सलाई तालिमका लागि पठाउने तयारी भइरहेको अध्यक्ष थापाले जानकारी दिइन्।

डायलाइसिस सेवा सञ्चालनका लागि एक वर्षअघि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरसँग सम्झौता भएको थियो। केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र गाउँपालिका अध्यक्षबीचको सहमतिअनुसार हालै उपकरण प्राप्त भएको हो।

मध्यपहाडी पुष्पलाल लोकमार्गनजिकै रहेको यस अस्पतालले सडक दुर्घटनामा परेकाहरुलाई पनि छिटो र प्रभावकारी सेवा दिने लक्ष्य लिएको छ।

बडिगाडको आधारभूत अस्पताललाई स्वास्थ्य बीमाको प्रथम सेवा विन्दुका रूपमा समेत सूचीकृत गरिएको छ। यसले अस्पतालबाट बीमा सेवा प्राप्त गर्न सहज हुने छ।

गाउँपालिकाले सबै वडामा स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाइमार्फत नियमित सेवा दिँदै आएको छ। अब डायलाइसिस सेवा सञ्चालनसँगै बडिगाडले ग्रामीण स्वास्थ्य सेवामा थप ऐतिहासिक फड्को मारेको छ।

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० र चाँदी १० रुपैयाँले घटेको हो

Read More »

सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताएका छन् । आज नेपाल पत्रकार महासङ्घले ललितपुरमा आयोजना गरेको

Read More »

अमेरिकी स्वतन्त्रताको २५० औं वार्षिकोत्सव : ट्रम्पले भने– अमेरिका विश्वको गौरवको प्रतीक

काठमाडौं । संयुक्त राज्य अमेरिकाले आज स्वतन्त्रताको २५० औं वार्षिकोत्सव मनाइरहेको छ । यस अवसरमा आज अमेरिकाको पेन्सिलभेनिया, न्युयोर्क र वासिङ्टन डिसी लगायत सबै राज्यमा

Read More »

सिक्टा सिँचाइ आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ

बाँके । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समय सीमाभित्र सम्पन्न गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका

Read More »

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »