पोखरा महानगरद्वारा नगर ऊर्जा योजना सार्वजनिक

गण्डकी, २० साउन । दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको प्रयास अन्तर्गत पोखरा महानगरपालिकाले आज एक कार्यक्रमबीच आफ्नो प्रथम नगर ऊर्जा योजना सार्वजनिक गरेको छ । पाँच वर्षे समयावधिको उक्त योजनाको पोखरा महानगरप्रमुख धनराज आचार्यले सार्वजनिक गर्नुभयो । ऊर्जा विकास उप–समितिद्वारा तयार पारिएको उक्त योजना जिआइजेड नेपालको रिप ग्रिन कार्यक्रमको प्राविधिक सहयोगमा नौ चरणमा आधारित समग्र प्रक्रियाबाट तयार पारिएको हो ।

योजना तयारीको क्रममा विभिन्न सरोकारवालासँग छलफल तथा परामर्श गरिएको र यस योजनालाई गत फागुनमा पोखरा महानगरले औपचारिक रूपमा अनुमोदन गरेको थियो । कुल रु एक अर्ब ३३ करोड ३० लाख ८२ हजार को अनुमानित लागत रहेको यस योजनाले “समृद्ध पोखराका लागि प्रभावकारी र दिगो ऊर्जा”को दीर्घकालीन परिकल्पना गरेको छ । योजनाले प्राथमिकताका रूपमा घरायसीस्तरमा स्वच्छ, प्रभावकारी तथा नवीकरणीय ऊर्जा उत्पादन तथा उपयोगमा वृद्धि, परम्परागत तथा आयातित इन्धनको सट्टा स्थानीय स्रोतमा आधारित नवीकरणीय ऊर्जा प्रवर्द्धनलाई राखेको छ ।

त्यसैगरी व्यापारिक तथा औद्योगिक क्षेत्रमा ऊर्जा दक्षताको अभिवृद्धि गर्दै हरितगृह ग्याँस उत्सर्जनमा न्यूनीकरण, नीतिगत पहल र शैक्षिक अभियानमार्फत जनचेतना अभिवृद्धिलाई प्रथमिकतामा राखेको छ । पाँच वर्षे यस योजनाले पोखराको बढ्दो ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै ऊर्जा पहुँच विस्तार गर्ने, ऊर्जा दक्षता अभिवृद्धि तथा नवीकरणीय ऊर्जाको प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । महानगरप्रमुख आचार्यले सबै सरोकारवाला निकायसँग सहकार्य गर्दै योजनाको प्रभावकारी कार्यान्वयन गर्नेमा महानगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका उपकार्यकारी निर्देशक डा नारायणप्रसाद अधिकारीले यस योजनाको प्रभावकारी कार्यान्वयनबाट नेपालको राष्ट्रिय ऊर्जा तथा जलवायु लक्ष्यमा योगदान पुग्ने बताउनुभयो ।

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० र चाँदी १० रुपैयाँले घटेको हो

Read More »

सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताएका छन् । आज नेपाल पत्रकार महासङ्घले ललितपुरमा आयोजना गरेको

Read More »

अमेरिकी स्वतन्त्रताको २५० औं वार्षिकोत्सव : ट्रम्पले भने– अमेरिका विश्वको गौरवको प्रतीक

काठमाडौं । संयुक्त राज्य अमेरिकाले आज स्वतन्त्रताको २५० औं वार्षिकोत्सव मनाइरहेको छ । यस अवसरमा आज अमेरिकाको पेन्सिलभेनिया, न्युयोर्क र वासिङ्टन डिसी लगायत सबै राज्यमा

Read More »

सिक्टा सिँचाइ आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ

बाँके । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समय सीमाभित्र सम्पन्न गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका

Read More »

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »