थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त

कञ्चनपुर, २१ साउन । साउनको झरीले खेत पाखा राम्रैसँग भिजिसकेका छन् । धानका गाँजा हरिया भएका छन् । खेतबारीबाट फुर्सदिला भएका यहाँका थारु समुदायका महिला–पुरुषहरू वर्षातको झरीको पर्वाह नगरी भेंम्टी (जङगली च्याउ) खोज्न व्यस्त छन । “बर्खाको समयमा बनतिर गइहाल्न मन लागिहाल्छ”, शुक्लाफाँटा नगरपालिका–१० का राजबहादुर चौधरी भन्नुहुन्छ्, “भेंम्टीको स्वाद एक पटका लागि भएपनि चाख्नैकै लागि वन चहार्दै हिड्नु परेको छ ।” वर्षातका बेला भेंम्टीको तरकारी खानुको मज्जा बेग्लै हुने गरेको उहाँ बताउनुहुन्छ । वर्षातमा थारु समुदायको पोषिलो खान्कीमा भेंम्टी रहने गर्दछ । थारु भाषामा ‘च्याउ’ लाई भेंम्टी भनिन्छ । यो च्याउ पोषिलो, नरम र स्वादिलो हुने गर्दछ । साउन, भदौ, असोज र कात्तिक गरी चार महिनामा जङगल डुल्नेहरूको उद्देश्य एउटै हुन्छ । खाने लायक भेंम्टीको खोजी ।

भेंम्टीको तरकारी निकै स्वादिलो हुने भएकाले वन क्षेत्रबाट नखोजी घरै नफर्कने भोंसुवा चौधरी बताउनु हुन्छ ।“हामीलाई थाहा हुन्छ” किसान चौधरीले भन्नुभयो, “कुन च्याउ(भेंम्टी) विषालु हो र कुन खान मिल्ने, खान मिल्ने च्याउ मात्रै टिप्छौं ।” पूर्खौ देखि खान योग्य र अयोग्य च्याउको पहिचान गर्न थारुलाई आउने गरेको उहाँ बताउनु हुन्छ । उहाँका अनुसार साउन महिनाको भेंम्टी सानो टुप्पो भएको, लामो जरासहितको हुन्छ । भदौ असोजतिर टाउको ठूलो, जरा अझ लामो । “कहिलेकाहीँ त एक हातसम्म लामो जरा भएको च्याउ पनि भेटिन्छ” चौधरी भन्नुहुन्छ । कात्तिकमा चाहिँ भेंम्टी सानो प्रजातीको हुन्छ, यसलाई ‘कटकी’ भनिन्छ । वर्षातमा पाइने भेंम्टी एकै ठाउमा धेरै पाइन्छ । “वनका सबै ठाउमा भेंम्टी पाईदैन” ६८ वर्षीय परदेशी डगौराले भन्नुभयो, “कुन कुन ठाउमा भेंम्टी पाईन्छ, कुन बेला पाईन्छ, त्यो कुरा बुढापाकाहरुलाई र उहाँहरुको संगत गर्नेहरुलाई मात्रै थाहा हुन्छ, ।” “यो वर्ष जुन ठाउमा भेंम्टी पाईयो, अर्को वर्ष पनि त्यही ठाउमा भेंम्टी पाईन्छ, ठाउ चिन्न सक्नु परयो, विशेष गरी भेंम्टी औसी र पूर्णिमाका दिन उर्मिने गरेको बुढापाकाहरुबाट सुनेको छु” उहाँ भन्नुहुन्छ ।

उहाँका अनुसार भेंम्टी च्याउको तरकारी खाने व्यक्तिलाई पेट सम्बन्धी रोगहरु र उच्चरक्तचापबाट छुटकारा पाईन्छ । विशेष गरी यो च्याउ विशेष गरी धमिराले बनाएका पुराना माटोको ढिस्को नजिक पाईन्छन । थारु समुदायको परम्परा अनुसार, भेंम्टी केवल वनबाट टिप्ने वस्तु मात्र होइन, यो त चाडपर्वका बेला पाहुनालाई पस्कीने विशेष परिकार पनि हो । दशैं, अष्टम्की जस्ता पर्वहरूमा पाहुनाहरुका लागि भेंम्टीको सुकुटी र माछा मिसाएर बनाइने स्वादिलो परिकारका दाल, भात, र मासु संगै पस्कीने गरिन्छ ।“भेंम्टी थोरै मात्रामा खाए औषधि, धेरै खाए रोग,” अनुभवी थारुहरू भन्नुहुन्छ, “धेरै भेंम्टीको तरकारी खाए यसले पखाला लगाउछ, सन्तुलन मिलाएर खाएमा यसले पेटमा हुने अपचलाई ठिक गर्दछ ।” सही भेंम्टी छुट्याउने कला थारु समुदायमा पीढी दर पीढी सर्दै आएको छ ।

थारु समुदायका बुढापाकाहरुका अनुसार खाने च्याउ गहिरो जरा भएको, समूहमा उम्रिएको, टिप्दा सजिलै नटुट्ने हुन्छ ।“नखाने च्याउ सानो जरा भएको टुट्ने बित्तिकै टुक्रिने, र अलिक फरक रंगको हुन्छ, देख्ने बित्तिकै थारु आँखाले चिनिहाल्छ” चौधरी भन्नुहुन्छ ।च्याउमा प्रोटिन, खनिज र भिटामिन हुन्छ । बोसोको मात्रा निकै न्यून हुने भएकाले पचाउनका लागि सहज हुने उहाँको भनाई रहेको छ । “थारु समुदायले प्राचिन काल देखिनै च्याउलाई तरकारीका रुपमा पकाएर खान थालेका हुन” उहाँले भन्नुभयो, “अहिले पनि जारी राखेका छन, वन क्षेत्र संरक्षण गरिदा भने सहज रुपमा च्याउ टिप्न पाइने गरेको भने छैन, वन छिर्न झन्झट हुन थालेपछि नयाँ पिढीले भेंम्टी टिप्न छाडदै गएका छन ।”

अमेरिकी स्वतन्त्रताको २५० औं वार्षिकोत्सव : ट्रम्पले भने– अमेरिका विश्वको गौरवको प्रतीक

काठमाडौं । संयुक्त राज्य अमेरिकाले आज स्वतन्त्रताको २५० औं वार्षिकोत्सव मनाइरहेको छ । यस अवसरमा आज अमेरिकाको पेन्सिलभेनिया, न्युयोर्क र वासिङ्टन डिसी लगायत सबै राज्यमा

Read More »

सिक्टा सिँचाइ आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ

बाँके । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समय सीमाभित्र सम्पन्न गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका

Read More »

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »