बजेट तथा कार्यक्रम अघि बढाउन मन्त्री दाहालको निर्देशन

काठमाडौँ, २१ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । सडक विभागद्वारा आज यहाँ आयोजित गत आवको प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दाहालले ‘अहिले के को हतार, विस्तारै गरौँला नि’ भन्ने नसोची बजेट तथा कार्यक्रम तत्काल कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो । आव सुरु हुनुभन्दा डेढ महिनाअघि बजेट सार्वजनिक गर्नुको मर्म पनि आवको सुरुआतसँगै कार्यान्वयन प्रक्रिया अघि बढाउन सहज होस् भन्ने रहेको उल्लेख गर्दै उहाँले तत्कालैदेखि काम सुरु गरी उच्च नतिजा निकाल्न निर्देशन दिनुभयो । “आवको अन्त्यतिर हतारहतार काम गरेर बजेट कार्यान्वयनको परिमाण बढाउने चलन पनि छ”, मन्त्री दाहालले भन्नुभयो, “बेलामा काम नथाल्ने अनि बित्न लागेपछि हतार गरेर प्रभावकारी परिणाम निस्कदैन, त्यसैले अहिलेदेखि नै काम अघि बढाउनु होला, गत आवको भन्दा राम्रो नतिजा देखिने गरी काम गर्नुपर्छ ।”

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नागरिकलाई विकासको महसुस गराउने प्रमुख मन्त्रालय तथा सडक विभाग प्रमुख अङ्ग रहेकाले सडक विभागको काम र परिणामले सिङ्गो मन्त्रालयको कार्यसम्पादन र नतिजामा महत्त्वपूर्ण अर्थ राख्ने मन्त्री दाहालको भनाइ थियो । थालिएका योजना तथा आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न निर्देश दिँदै उहाँले अब सुरु गर्ने योजनामा कुनै अवरोध आउन नदिनेमा जोड दिनुभयो । गुणस्तरमा सम्झौता नगर्नु कुनै पनि पूर्वाधार निर्माणलाई छिटो, छरितो र गुणस्तरीय बनाउन सम्झौता गर्न नसकिने मन्त्री दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “छिटोको नाममा गुणस्तरहिन काम हुनु भएन र गुणस्तर कायम गर्ने नाममा ढिलासुस्ती पनि हुनु भएन । समय र गुणस्तरलाई सन्तुलनमा राखेर काम गर्न आवश्यक छ ।” वर्षायाम सुरु भइसकेकाले सडक तथा यातायात अवरुद्ध हुन नदिने गरी स्रोत साधन, जनशक्ति र उपकरण परिचालन गर्न समेत उहाँको निर्देशन छ । मन्त्रालयका सचिव केशवकुमार शर्माले कुनै पनि योजना रुग्ण हुने अवस्था आउन नदिने निर्देशन दिनुभयो ।

रुग्ण आयोजनाको व्यवस्थापन मन्त्रालयको प्राथमिकतामा रहेको स्मरण गराउँदै उहाँले बाँकी रुग्ण आयोजनाको व्यवस्थापनतर्फ ध्यान दिन आग्रह गर्नुभयो । मन्त्रालयले गत आवमा विगत छ वर्षयताकै उच्च पुँजीगत खर्च गरेको थियो । आव २०८१/८२ मा छ वर्षयताकै सबैभन्दा बढी ७६ दशमलव ४१ प्रतिशत प्रगति भएको मन्त्रालयले यसअघि जनाइसकेको छ । यस्तै सडक विभागका महानिर्देशक डा विजय जैसीले नीति कार्यक्रम तथा बजेटमा समावेश कार्यक्रम कार्यान्वयनको प्रक्रियामा ढिलाइ नगर्ने बताउनुभयो । वर्षको अन्त्यमा चाप पर्न नदिने गरी तत्कालैदेखि काम सुरु गरी छिटो नतिजा निकाल्ने गरी काम गर्न विभाग क्रियाशील रहेको उहाँको भनाइ छ । वर्षाको समयमा सकेसम्म सडक अवरुद्ध हुन नदिने र अवरुद्ध भएमा पनि सकेसम्म छिटो खुलाउने गरी संयन्त्र परिचालन भएको सडक विभागले जनाएको छ ।

अमेरिकी स्वतन्त्रताको २५० औं वार्षिकोत्सव : ट्रम्पले भने– अमेरिका विश्वको गौरवको प्रतीक

काठमाडौं । संयुक्त राज्य अमेरिकाले आज स्वतन्त्रताको २५० औं वार्षिकोत्सव मनाइरहेको छ । यस अवसरमा आज अमेरिकाको पेन्सिलभेनिया, न्युयोर्क र वासिङ्टन डिसी लगायत सबै राज्यमा

Read More »

सिक्टा सिँचाइ आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ

बाँके । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समय सीमाभित्र सम्पन्न गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका

Read More »

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »