काठमाडौं : टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत पाकिस्तान शाहीन्सले नेपाललाई १४५ रनको लक्ष्य दिएको छ।
अष्ट्रेलियाको नर्दन टेरिटोरीमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तान शाहीन्सले २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको हो। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। यस्तै दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए भने एक रनआउट गराए। नन्दन यादवले २ विकेट लिँदा कुशल भुर्तेलले १ विकेट लिए।
यसअघि नेपाल तीन खेलमा पराजित भएको थियो भने दुई खेलमा जित निकालेको थियो। शृङ्खलामा सहभागी ११ टोलीमध्ये अंक तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ।










