प्रधानमन्त्री कप महिला टी- २०: एपीएफ र कोशी प्रदेश विजयी

काठमाडौं, ८ पुस । जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेश र एपीएफ क्लबले आ-आफ्नो खेलमा जित हासिल गरेका छन् ।

आइतबार सम्पन्न खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ६० रनले पराजित गरेको हो । कोशी प्रदेशले दिएको १३० रनको लक्ष्य पछाएको मधेश प्रदेशले २० ओभरमा ९ विकेट गुमाएर केवल ६९ रन बनाएपछि कोशी प्रदेश ६० रनले विजयी भएको थियो ।

यसअघि पहिला ब्याटिंग गर्दै कोशी प्रदेशले २० ओभरमा ४ विकेट गुमाएर १२९ रन बनाएको थियो । यो कोशी प्रदेशको लगातार तेस्रो जित हो । यो जितपछि कोशी प्रदेशको ३ खेलमा ६ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरि आइतबार नै सम्पन्न खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ९० रनले पराजित गरेको छ । एपीएफले दिएको १५२ रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेशले २० ओभरमा ९ विकेट गुमाएर ६१ रन मात्र बनाएपछि एपीएफ ९० रनले विजयी भएको हो ।

यसअघि एपीएफले २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनाएको थियो ।यो एपीएफको लगातार तेस्रो जित हो । यो जितपछि एपीएफको ३ खेलमा ६ अंक भएको छ र अंक तालिकामा शीर्ष स्थानमा रहेको छ । अब एपीएफले सोमबार कोशी प्रदेशको सामना गर्ने छ भने लुम्बिनी प्रदेशले कर्णालीसँग खेल्नेछ ।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »