जेन–जी आन्दोलनमा तनहुँमा ७८ सवारी, ३१ भौतिक संरचनामा क्षति

दमौली (तनहुँ), २७ भदौ । जेनजी आन्दोलनका क्रममा तनहुँमा ७८ सवारीसाधन र ३१ भौतिक संरचनामा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले सङ्कलन गरेको विवरणअनुसार निजी तथा सरकारी सवारीसाधन र भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले सवारीसाधन र भौतिक संरचनातर्फ पूर्ण, आंशिक र सामान्य रूपमा क्षति भएको बताउनुभयो । प्रनाउ थापाका अनुसार दुईपाङ्ग्रे ३८ सवारीसाधन पूर्ण, १० आंशिक र दुई सामान्य क्षति भएका छन् ।

चारपाङ्ग्रे १७ पूर्ण र ११ आंशिक क्षति भएका छन् । सरकारी सवारीसाधन दुईपाङ्गेतर्फ ३४ पूर्ण, तीन आंशिक र एक सामान्य क्षति भएका छन् । निजीतर्फ चार पूर्ण, सात आंशिक र एक सामान्य क्षति भएका छन् । सरकारी सवारीसाधन चारपाङ्ग्रेतर्फ १७ पूर्ण, ११ आंशिक क्षति भएका छन् । भौतिक संरचनामा सरकारी कार्यालयतर्फ चार पूर्ण, १७ आंशिक र एक सामान्य क्षति भएका छन् भने व्यक्तिगततर्फ नौ वटा आंशिक क्षति पुगेको प्रनाउ थापाले जानकारी दिनुभयो ।

यही भदौ २४ गतेको आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला अदालत तनहुँ, जिल्ला समन्वय समिति, व्यास नगरपालिका, मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, डिभिजन वन कार्यालयका भवन र सवारीसाधन तोडफोड र आगजनी गरिएको थियो । त्यसैगरी नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको कार्यालयमा आगजनी र तोडफोड भएको थियो ।

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्टमा सहुलियतपूर्ण विशेषज्ञ उपचार

लाख रुपैयाँसम्म उपचार खर्च प्रतिपूर्ति हुने व्यवस्था रहेको अस्पतालले जानकारी दिएको छ। यस सुविधाको उपयोग गर्न अस्पतालमा रहेको सामाजिक सुरक्षा कोष तथा सञ्चय कोष सहायता

Read More »

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : आयल निगम

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ। ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको

Read More »

लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

काठमाडौँ : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी

Read More »

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »

भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ पुगेको पुष्टि गर्दै १० हजार ५०० भन्दा बढी

Read More »

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Read More »