सहरी विकासको भवनबाट भौतिक पूर्वाधार मन्त्रालय सञ्चालन गर्ने तयारी

बागमती, २ असोज । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय हेटौँडास्थित सहरी विकास तथा भवन कार्यालयको नवनिर्मित भवनबाट सञ्चालन गर्ने तयारी गरिएको छ । जेनजी प्रदर्शनका क्रममा मन्त्रालयको भवनसहित आगजनीले क्षति पु¥याएपछि सो भवनबाट सञ्चालन गर्ने तयारी थालिएको हो । “आगजनीबाट मन्त्रालयको केही कोठा बाहेक अधिकांश भाग जलेर ध्वस्त छ, त्यसैले मन्त्रालय सञ्चालनका लागि तत्काल सहरी विकासको नयाँ भवन उपयोग गर्ने तयारीमा छौँ”, मन्त्रालयका सूचना अधिकारी बासुदेव दाहालले भन्नुभयो, “सोहीअनुसार कार्यालय व्यवस्थापनका लागि मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाको नेतृत्वमा टोली परिचालन गरिएको छ, एक÷दुई दिनमै कार्यालय व्यवस्थापन गरी सेवाप्रवाह गर्छाैँ ।”

आन्दोलनकारीले नवनिर्मित सो भवनमासमेत तोडफोड गरेकाले मर्मत गरी कार्यालय व्यवस्थापन गरिने जनाइएको छ । आगजनीबाट जोगिएका मन्त्रालयको केही फर्निचर तथा कागजात सार्ने र नयाँ समान ल्याएर कर्मचारीका लागि आवश्यक कक्ष व्यवस्थापन गरिरहेको मन्त्रालयले जनाएको छ । हेटाँैडा उपमहानगरपालिका–१ चौकीटोल ओरालोस्थित एउटै भवनमा सञ्चालन भइरहेको बागमती प्रदेश सरकारको भौतिक मन्त्रालयसहित चार वटा मन्त्रालय प्रदर्शनका क्रममा जलेको थियो ।

आगजनीबाट प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालय तथा अन्तर्गतका कार्यालयमा साढे पाँच करोड मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ । उहाँका अनुसार प्रदर्शनकारीले मन्त्रालय अन्तर्गतको पूर्वाधार कार्यालय चितवन, सहरी विकास तथा भवन कार्यालय हेटौँडा, पूर्वाधार विकास कार्यालय ललितपुर र प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना कार्यालय हेटौँडामा पनि क्षति पु¥याएका छन् । त्यस क्रममा मन्त्रालयका पाँच वटा चार पाङ्ग्र्रे सवारी तथा ३५ वटा मोटरसाइकल गरी ४० वटा सवारी साधन जलाइएका छन् ।

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्टमा सहुलियतपूर्ण विशेषज्ञ उपचार

लाख रुपैयाँसम्म उपचार खर्च प्रतिपूर्ति हुने व्यवस्था रहेको अस्पतालले जानकारी दिएको छ। यस सुविधाको उपयोग गर्न अस्पतालमा रहेको सामाजिक सुरक्षा कोष तथा सञ्चय कोष सहायता

Read More »

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : आयल निगम

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ। ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको

Read More »

लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

काठमाडौँ : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी

Read More »

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »

भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ पुगेको पुष्टि गर्दै १० हजार ५०० भन्दा बढी

Read More »

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Read More »