मालपोत र नापी कार्यालय कैलालीको सेवा अझै एक हप्ता सुरु नहुने

धनगढी । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते भएको आगजनी र तोडफोडका कारण क्षति पुगेका कैलालीको धनगढीस्थित मालपोत कार्यालय र नापी कार्यालयका सम्पूर्ण सेवा पुनः सञ्चालनमा आउन अझै करिब एक हप्ता लाग्ने भएको छ। अहिले दुवै कार्यालयमा मर्मत तथा पुनः स्थापना कार्य तीव्र गतिमा भइरहेको छ। प्रमुख मालपोत अधिकृत प्रेमबहादुर दौल्यालका अनुसार मालपोत कार्यालयको कोठा नम्बर १२ पूर्ण रूपमा जलेर नष्ट भएको छ।

त्यसको मर्मत कार्य हाल जारी छ। कार्यालयको पेन्टिङको काम सम्पन्न भइसकेको र अब कोठाको मर्मत तथा वायरिङ कार्य बाँकी रहेको छ। `वायरिङ पूर्ण रूपमा जलेका कारण तत्काल सेवा दिन कठिन भएको छ। विद्युत् नहुँदासम्म सेवा दिन सकिँदैन, त्यसैले सबै काम सम्पन्न हुन अझै करिब एक हप्ता लाग्न सक्छ,’ उनले भने ।

दुई तले भवनमा भएको आगलागीले सम्पूर्ण विद्युत् लाइन नष्ट भएको छ। कार्यालयमा रहेका कम्प्युटरहरू पनि जलेर क्षतिग्रस्त भएका छन्। नयाँ कम्प्युटर प्राप्त भएपछि सेवा सञ्चालन थप सहज हुने दौल्यालले बताए। यस्तै नापी कार्यालय धनगढीले भने आंशिक सेवा सुरु गरिसकेको छ। प्रमुख नापी अधिकृत जनकराज भट्टका अनुसार, कार्यालयको एक कोठामा आगजनी र कम्प्युटर तोडफोड भएपछि सेवा सञ्चालनमा कठिनाइ भएको हो। अहिले नक्सा उतार र फिल्ड बुक उतारका कार्यहरू मात्र सञ्चालनमा छन्।

`मालपोत कार्यालयको सेवा पूर्ण रूपमा सुरु भएसँगै नापी कार्यालयका सबै सेवा पनि सुचारु हुनेछन्,’ भट्टले भने। उनका अनुसार सबै कम्प्युटर र उपकरणमा क्षति पुगेको छ। मालपोतको सेवा सञ्चालनमा आएपछि  सेवा पनि सहजै सञ्चालन हुनेछ। नापी तथा मालपोत कार्यालय दुवैमा भएको तोडफोड र आगजनीले प्रशासनिक कामकाजमा ठुलो असर पारेको छ। सेवा पुनःसञ्चालनका लागि आवश्यक भौतिक संरचना र प्रविधिगत उपकरणको मर्मत तथा प्रतिस्थापनको काम भइरहेको  जनाइएकाे छ।

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्टमा सहुलियतपूर्ण विशेषज्ञ उपचार

लाख रुपैयाँसम्म उपचार खर्च प्रतिपूर्ति हुने व्यवस्था रहेको अस्पतालले जानकारी दिएको छ। यस सुविधाको उपयोग गर्न अस्पतालमा रहेको सामाजिक सुरक्षा कोष तथा सञ्चय कोष सहायता

Read More »

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : आयल निगम

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ। ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको

Read More »

लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

काठमाडौँ : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी

Read More »

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »

भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ पुगेको पुष्टि गर्दै १० हजार ५०० भन्दा बढी

Read More »

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Read More »