दाउन्नेमा पहिरो रोकिएन, बिपी राजमार्गको चौकीडाँडामा पनि समस्या

काठमाडौँ, ३ असोज । नवलपरासीको दाउन्नेमा झरेको पहिरोका कारण बिहीबार रातीदेखि सवारी साधन सञ्चालनमा अवरोध पुगेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार रातीदेखि नै पहिरो झर्ने क्रम नरोकिएसँगै यातायात सञ्चालनमा अवरोध पुगेको हो । प्रहरी कन्ट्रोल रुमका अनुसार बिचबिचमा पहिरो पन्छाएर सवारी साधन क्रस गराउने काम हुँदै आए पनि पहिरो झर्ने क्रम नरोकिएकोले दुवैपट्टि लामो जाम छ । सोही कारण पश्चिमतर्फ हिजो हिँडेका सवारी साधन अझै पनि दाउन्ने कटेर आउन सकेका छैनन् भने चितवनतर्फ पनि लामो लाइन छ ।

उता बिपी राजमार्गको चौकीडाँडामा पनि सडक अवरुद्ध छ । अस्थायी रूपमा निर्माण गरिएको एकतर्फी सडक समेत वर्षाका कारण अवरुद्ध भएकोले सो स्थानमा समेत लामो लाइन लागेको प्रहरीले जनाएको छ । दसैँ नजिकिएसँगै यतिबेला राजमार्गमा चाप पर्न थालेको छ । विद्यालय तथा विश्वविद्यालयको पठनपाठन बन्द भएकोले यतिबेला अघिल्ला वर्षहरू भन्दा छिटै उपत्यकाबाट बाहिरिने क्रम बढ्दै गएको अवस्थामा पूर्व र पश्चिम जोड्ने सडकमा अवरोध पुगेको हो ।

यसले दसैँसम्मकै सेड्युलमा असर पर्न सक्ने व्यवसायीहरूले चेतावनी दिएका छन् । भौतिक पूर्वाधार तथा यातायातन्त्री कुलमान घिसिङले चाडबाडमा राजमार्गको सहज सञ्चालनका सम्बन्धमा शनिबार सरोकारवाला पक्षसँग छलफल गर्ने तयारी गरेका छन् । सरोकारवाला भने राजमार्ग खुलाउन पर्याप्त हेभी इक्विपमेन्ट र जनशक्ति व्यवस्था नगरेको गुनासो गर्दै आएका छन् ।

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्टमा सहुलियतपूर्ण विशेषज्ञ उपचार

लाख रुपैयाँसम्म उपचार खर्च प्रतिपूर्ति हुने व्यवस्था रहेको अस्पतालले जानकारी दिएको छ। यस सुविधाको उपयोग गर्न अस्पतालमा रहेको सामाजिक सुरक्षा कोष तथा सञ्चय कोष सहायता

Read More »

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : आयल निगम

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ। ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको

Read More »

लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

काठमाडौँ : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी

Read More »

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »

भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ पुगेको पुष्टि गर्दै १० हजार ५०० भन्दा बढी

Read More »

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Read More »