कानुनी प्रक्रिया पूरा नहुँदा पर्साका आधा दर्जनभन्दा धेरै पालिकाको खाता सञ्चालनमा आएनन्

रगञ्ज : (पर्साका १४ पालिकामध्ये आधा दर्जनभन्दा धेरै पालिकाले अझैसम्म पनि बैंक खाता सञ्चालनमा ल्याउन सकेका छैनन् ।चालु आर्थिक वर्ष सुरु भएको दुई महिनाभन्दा धेरै समय बित्दासमेत सबै कानुनी प्रक्रिया पूरा गर्न नसक्दा खाता सञ्चालनमा ल्याउन नसकेका हुन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले पर्साका नौ वटा पालिकाले अझैसम्म पनि खाता सञ्चालनमा ल्याउन नसकेको जानकारी दिए ।

पर्साका अधिंकाश पालिकाले निर्धारित समयभित्रै चालु आवको नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेनन् भने ल्याएका पालिकाले पनि आवश्यक कानुनी प्रक्रिया पूरा गर्न नसक्दा बैंक खाता सञ्चालनमा आउन नसकेको हो ।

बैंक खाता सञ्चालन नहुँदा कर्मचारीको तलवभत्ता र अन्य विकास निर्माणको गतिविधि पनि ठप्पजस्तै छ । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक जोशीले पर्साका आठ वटा स्थानीय तहको अहिलेसम्म पनि खाता सञ्चालनमा नआएको जानकारी दिए ।

‘स्थानीय तहले चालु आवको रकम खातामा माग गर्दा केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ, । गाउँ वा नगरसभाबाट पारित भएको नीति कार्यक्रम र बजेट कार्यालयमा नबुझाउँदा र प्रमुख वा गाउँपालिका प्रमुखले अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई नदिँदासम्म आर्थिक गतिविधिका लागि खाता सञ्चालन गर्न नपाइने प्रावधान छ’, उनले भने, ‘सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त भएका स्रोतको पनि सूत्रमार्फत खर्चको लिपिबद्ध गर्नुपर्ने र अन्य कानुनी प्रक्रिया पूरा नभएकाले पनि खाता सञ्चालनमा आउन नसकेको हो ।’

कार्यालयका अनुसार यहाँका बिन्दवासिनी गाउँपालिका, कालिकामाई गाउँपालिका जगरनाथपुर गाउँपालिका, जिराभवानी गाउँपालिका, धोविनी गाउँपालिका, ठोरी गाउँपालिका, पकहाँ मैनपुर गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, बहुदरमाई नगरपालिकाको भने अहिलेसम्म पनि खाता सञ्चालन हुन सकेको छैन ।

कार्यालयका अनुसार अहिलेसम्म वीरगञ्ज महानगर ,पर्सागढी र पोखरिया नगरपालिका, छिपरमाई गाउँपालिका, पर्टेवासुगौली गाउँपालिकाको भने खाता सञ्चालन भइसकेको छ । 

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्टमा सहुलियतपूर्ण विशेषज्ञ उपचार

लाख रुपैयाँसम्म उपचार खर्च प्रतिपूर्ति हुने व्यवस्था रहेको अस्पतालले जानकारी दिएको छ। यस सुविधाको उपयोग गर्न अस्पतालमा रहेको सामाजिक सुरक्षा कोष तथा सञ्चय कोष सहायता

Read More »

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : आयल निगम

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ। ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको

Read More »

लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

काठमाडौँ : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी

Read More »

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »

भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ पुगेको पुष्टि गर्दै १० हजार ५०० भन्दा बढी

Read More »

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Read More »