नेपाली खेलाडीलाई भिसा दिन यूएई सकारात्मक

काठमाडौं, ५ असोज । यूएईले आसन्न नेपाल र वेस्ट इन्डिजको क्रिकेट सिरिजका लागि नेपाली खेलाडीहरूलाई भिसा दिने संकेत गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले इमरेट्स क्रिकेट बोर्डमार्फत गरेको पहलमा यूएईले सकारात्मक प्रतिक्रिया दिएको हो ।

नेपालमा जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू जेलबाट निस्किएपछि यूएईले नेपालीहरूलाई भिसा दिन रोकेको छ । खेलाडीहरूले केही दिन अगाडि भिसाका लागि आवेदन गरे पनि अहिलेसम्म पाएका छैनन् । शुक्रबार नेपाली क्रिकेट टीम यूएई प्रस्थान गर्ने तालिका भए पनि भिसा नआएकाले रोकिएका छन् ।

नियमित प्रक्रियाबाट भिसा नआएपछि क्यानले इमरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा समेत पहल गरेको थियो । यूएईको बोर्डबाट भिसा प्राप्त हुने प्रत्याभूति गराइएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

उनले भने, ‘भिसा आउने कुरामा निश्चिन्त छौं, वेस्ट इन्डिजसँसगको सिरिज निर्धारित तालिकामा नै आयोजना हुन्छ ।’ लामाले आजभोलिमै खेलाडीहरूले भिसा प्राप्त गर्न सक्ने आशा व्यक्त गरे । वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि क्यानले शारजाह क्रिकेट रंगशाला बुक गरेर टिकट बिक्री गर्न थालिसकेको छ । अस्तिबाट अनलाइनमार्फत टिकट बुकिङ खुला गरिएको हो । नेपालले २७, २९ र ३० सेप्टेम्बरमा तीनवटा टी २० म्याच वेस्ट इन्डिजसँग खेल्नेछ । प्रतियोगिताको सबै खर्च र व्यवस्थापन नेपाल क्रिकेट संघको हुनेछ ।

श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौं : श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारका ४२ वर्षीय कुमार थापा मगरले गएराति घरायसी विवादमा फलामको रडले प्रहार

Read More »

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »

काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४

Read More »

साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से सूचक ११.३७ अङ्क अर्थात् ०.४१ प्रतिशतले घटेर

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले भाषा, साहित्य र संस्कृति नेपालको मौलिक पहिचान तथा राष्ट्रिय गौरवका आधार भएको बताएका छन्। शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्मजयन्तीको

Read More »