२४ घण्टामा ४३ हजारले छाडे काठमाडौं, सडकमा गाडीको चाप

काठमाडौं, ६ असोज । दशैं लागेसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढ्न थालेको छ । २४ घण्टाको अवधिमा ४३ हजार यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ ।

ट्राफिक प्रहरी प्रवक्ता लोकेन्द्र सिंह गुरुका अनुसार आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेको अवधिमा ४३ हजार यात्रु काठमाडौंबाट बाहिरिएका छन् । यो अवधिमा २८ हजार यात्रु काठमाडौं भित्रिएका छन् ।

आज दशैंको घटस्थापनाको दिनदेखि यात्रुहरु बाहिरिने क्रम थप बढ्ने अनुमान छ । कतिपय निजी कार्यालय, कलेज र विद्यालयहरुमा दशैं बिदा भइसकेकाले दशैं मनाउन गाउँ फर्किनेहरुको संख्या बढ्ने अनुमान गरिएको हो । दशैंको सरकारी बिदा भने फूलपातीको दिनदेखि सुरु हुन्छ ।

गत भदौ २३ र २४ गते जेनजी युवाहरुको आन्दोलनपछि सुरक्षा वातावरण सामान्य बन्दै गएदेखि नै काठमाडौं छाड्नेक्रम बढेको थियो । आजबाट दशैं नै सुरु भइसकेकाले यो संख्या थप बढ्ने छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिलेसम्म बसपार्क र काठमाडौंका नाकाहरुमा अवस्था सामान्य छ । नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरोले ४० घण्टासम्म सडक अवरुद्ध हुँदा सवारी साधनहरुको चाप भने सडकमा परेको छ । नारायणगढ–मुग्लिन सडकखण्ड खुलिसकेकाले अब विस्तारै सामान्य हुँदै जाने ट्राफिक प्रहरी कार्यालयका अधिकारीहरुको विश्वास छ ।

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्टमा सहुलियतपूर्ण विशेषज्ञ उपचार

लाख रुपैयाँसम्म उपचार खर्च प्रतिपूर्ति हुने व्यवस्था रहेको अस्पतालले जानकारी दिएको छ। यस सुविधाको उपयोग गर्न अस्पतालमा रहेको सामाजिक सुरक्षा कोष तथा सञ्चय कोष सहायता

Read More »

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : आयल निगम

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ। ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको

Read More »

लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

काठमाडौँ : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी

Read More »

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »

भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ पुगेको पुष्टि गर्दै १० हजार ५०० भन्दा बढी

Read More »

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Read More »