सरकारले राम्रो मनसायले सरुवा गरेको भए सहयोग गर्छु, अदालत जानेबारे केही सोचेको छैन : हितेन्द्रदेव शाक्य

काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले हटाएसँगै कसरी अघि बढ्ने विषयमा परामर्श गरिरहेको बताएका छन् । शाक्यलाई आइतबार मन्त्रिपरिषद्ले प्राधिकरणको प्रमुखबाट हटाएर जल तथा ऊर्जा आयोगमा सरुवा गरेको थियो । शाक्यले वर्तमान सरकारलाई सहयोग गरेर अघि बढ्ने आफ्नो योजना भए पनि आयोगमा सरुवा गरेको बताए ।

उनले सरकारले राम्रो मनसाय बनाएर आयोगमा सरुवा गरेको भए आयोगमा बसेर पनि वर्तमान सरकारलाई सहयोग गर्ने बताए। आफू सहयोग गर्ने पक्षमा रहे पनि सरकारले बिनाकारण सरुवा गरिएको गुनासो उनको छ । शाक्यले संक्षिप्त कुरा गर्दै सरकारले कसरी ‘ट्रिट’ गर्छ त्यही अनुसार  अघि बढ्ने योजना रहेको समेत बताए । उनले भने– ‘मेरो विशेषज्ञता सरकारले चाहेको हो भने छुट्टै कुरा हो । म त्यही अनुसार सरकारलाई आयोगमा बसेर सहयोग गर्छु । 

तर, प्रतिसोध साँधेको हो भने त्यही अनुसार अघि बढ्छु । म सरकारलाई सहयोग गर्ने पक्षमा नै थिएँ । तर, काम गर्ने अवसर समेत नदिई हटाइयो ।’ शाक्यले आफू प्राधिकरणमा दुई पटक नियुक्ति भएको  तर दुवै पटक काम गर्ने अवसर नपाएको गुनासो गरे । कानुनी लडाइँमा जाने केही सोच बनाउनुभएको छ भन्ने जिज्ञासामा उनले अहिले कानुनी लडाइँमा जाने कुनै योजना नभएको समेत बताए ।

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्टमा सहुलियतपूर्ण विशेषज्ञ उपचार

लाख रुपैयाँसम्म उपचार खर्च प्रतिपूर्ति हुने व्यवस्था रहेको अस्पतालले जानकारी दिएको छ। यस सुविधाको उपयोग गर्न अस्पतालमा रहेको सामाजिक सुरक्षा कोष तथा सञ्चय कोष सहायता

Read More »

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : आयल निगम

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ। ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको

Read More »

लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

काठमाडौँ : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी

Read More »

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »

भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ पुगेको पुष्टि गर्दै १० हजार ५०० भन्दा बढी

Read More »

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Read More »