पदाधिकारी तहका नेताहरूसँग ‘वान टु वान’ छलफलमा ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी कमिटीको बैठक नबोलाउने भएका छन् । अध्यक्ष ओलीले अहिले पदाधिकारी तहका नेताहरूसँग वान टु वान छलफल गरिरहेको र त्यो छलफल सकेपछिमात्र पार्टीको बैठक बोलाइने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम बताउँछन् । अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सचिवहरू पद्‍मा अर्याललगायतसँग छलफल गरेका हुन् । ‘अध्यक्षले अहिले वान टु वान छलफल गरिरहनुभएको छ’, गौतमले भने, ‘सबैको एक मत भएपछि सचिवालय बैठक बसेर पार्टीले आफ्नो धारणा सार्वजनिक गर्छ ।’

पार्टी कमिटीको बैठक दसैँअघि वा पछि भन्नेचाहिँ निश्चित भइनसकेको गौतमको भनाइ छ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक अवस्था बदलिएको छ । आन्दोलनपछि गैर दलीय सरकार गठन, प्रतिनिधि सभा विघटन र फागुन २१ मा निर्वाचनको मिति तोकिएको छ । संसद विघटनलाई प्रमुख राजनीतिक दलहरूले गैरसंवैधानिक भन्दै आएका छन् । नयाँ परिस्थितिपछि नेपाली कांग्रेस, माओवादी र रास्वपा लगायतका दलहरूले पार्टी कमिटीका औपचारिक बैठक बोलाएपनि एमालेले भने अहिलेसम्म त्यस्ता बैठक बोलाउन सकेको छैन ।

आन्दोलनका क्रममा ओलीको निजी घर समेत जलाइएपछि उनी भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् । भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएका ओलीलाई सोही दिनदेखि करिब एक साता नेपाली सेनाको सुरक्षामा बसेका थिए । जेनजी आन्दोलनपछि एमालेभित्र समेत पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको चर्को बहस भइरहेको छ । तर, अध्यक्ष ओली त्यो बहसलाई स्विकार्न तयार भैसकेका छैनन् । त्यसैले पनि ओलीले नेताहरूसँग पहिला वान टु वान छलफल गरेको हुनसक्ने कतिपय नेताहरूको बुझाई छ ।

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्टमा सहुलियतपूर्ण विशेषज्ञ उपचार

लाख रुपैयाँसम्म उपचार खर्च प्रतिपूर्ति हुने व्यवस्था रहेको अस्पतालले जानकारी दिएको छ। यस सुविधाको उपयोग गर्न अस्पतालमा रहेको सामाजिक सुरक्षा कोष तथा सञ्चय कोष सहायता

Read More »

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : आयल निगम

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ। ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको

Read More »

लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

काठमाडौँ : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी

Read More »

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »

भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ पुगेको पुष्टि गर्दै १० हजार ५०० भन्दा बढी

Read More »

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Read More »