झापाबाट फरार ९१ जना थुनुवा अझै सम्पर्कविहीन

झापा । विर्तामोड, दमक र झिलझिलेस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएको ९१ जना थुनुवा सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएपछि तीन कार्यालयको हिरासतमा रहेका ९२ जना थुनुवा फरार भएका थिए । फरार भएकामध्ये एक जना थुनुवा आफैँ सम्पर्कमा आएको र बाँकीको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए।

जेनजी आन्दोलनका क्रममा विर्तामोडको अनारमनी इलाका प्रहरी कार्यालयबाट ५१ जना, दमक इप्रकाका ३६ जना र झिलझिले इप्रकाका पाँच जना थुनुवा फरार भएको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विर्तामोड र दमकको इलाका प्रहरी कार्यालयबाट लुटिएका हतियार भने अधिकांश फिर्ता भएका छन् । प्रहरीका अनुसार लुटिएका ९९ थान हतियारमध्ये ७५ थान सकुशल फिर्ता भइसकेका छन् भने २४ थान हतियार अझै फिर्ता भएको छैन । 

फिर्ता भएका हतियारमध्ये एसएलआर ११ थान, इन्सास राइफल २६ थान, थ्रीनटथ्री राइफल १८ थान, सट गन पाँच थान, ग्यास गन छ थान, रिभल्भर छ थान र एसएमजी तीन थान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फरार थुनुवा र लुटिएका हतियारको खोजतलास तीव्र रूपमा भइरहेको सूचना अधिकारी खड्काले बताए ।

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्टमा सहुलियतपूर्ण विशेषज्ञ उपचार

लाख रुपैयाँसम्म उपचार खर्च प्रतिपूर्ति हुने व्यवस्था रहेको अस्पतालले जानकारी दिएको छ। यस सुविधाको उपयोग गर्न अस्पतालमा रहेको सामाजिक सुरक्षा कोष तथा सञ्चय कोष सहायता

Read More »

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : आयल निगम

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ। ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको

Read More »

लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

काठमाडौँ : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी

Read More »

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »

भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ पुगेको पुष्टि गर्दै १० हजार ५०० भन्दा बढी

Read More »

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Read More »