प्रचण्डले गरे केन्द्रीय समिति विघटनको प्रस्ताव,नेतृत्व छाड्न पनि तयार

काठमाडौं, ९ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सधैंभर पार्टी प्रमुखको जिम्मेवारीमा रहन मन नभएको बताएका छन् । केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै जेनजी आन्दोलनको भावनाअनुसार निश्चित विधि र प्रक्रियाबाट नेतृत्व हस्तान्तरण गर्ने आफूले सार्वजनिक रुपमै बनाइसकेको बताए ।

उनले भने, ‘केही मान्छेहरूले भनेजस्तो मलाई सधैंभर पार्टी प्रमुखको जिम्मेवारीमा रहन मन छैन । नेतृत्व हस्तान्तरणको निम्ति हामी तयार हुनै पर्छ । जेन जी आन्दोलनको भावना लगतै निश्चित विधि र प्रक्रियाबाट नेतृत्व हस्तान्तरण गर्नेबारे मैले सार्वजनिक रूपमा अपिल गरिसकेको छु ।’

उनले वैज्ञानिक बस्तुवादी विधि र विकल्पसहित आफू नेतृत्व छाड्न तयार रहेको बताए । उनले थपे, ‘यो विषम परिस्थितिमा पार्टीलाई छोडेर भाग्ने, जिम्मेवारीबाट पन्छिने, पलायन हुने, देश र जनतालाई धोका दिने भने पक्कै छैन । म नेतृत्वमा आउदा पनि बल गरेर आको होइन, अहिले पनि हुनैपर्छ भन्ने छैन । पार्टीले अहिलेसम्म दिएको जिम्मेवारीप्रति आभार प्रकट गर्दछु ।’

देशी विदेशी चलखेल र हस्तक्षेप भएको आजको सन्दर्भमा नेतृत्व हस्तान्तरण जिम्मेवारीपुर्वक र विधिसम्मत रूपमा गरिनुपर्ने बताए । अहिलेको परिस्थितिमा नयाँ विचार, योजना, कार्यक्रम, नयाँ संगठनात्मक संरचना, आचरण र कार्यशैलीसहित नयाँ कार्यनीतिक शृङ्खला कायम गरेर यो संकटको सामाना गर्नुपर्ने बताए ।

उनले भने, ‘जेन–जी आन्दोलनका मागप्रति समर्थन गरेको र राज्यदमनको विरुद्ध उभिएको हाम्रो पार्टीले आन्दोलनको भावना अनुसार नै पार्टीको केन्द्रीय पदाधिकारी, स्थायी समिति र केन्द्रीय समिति विघटन गरि यही बैठकबाट आयोजक समिति बनाएर विशेष महाधिवेशनमा जानेछ ।’ लोकतन्त्रको रक्षाको लागि फागुन २१ को निर्वाचन सम्पन्न गराउन माओवादीले विशेष जोड गर्ने पनि बताए ।

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : आयल निगम

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ। ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको

Read More »

लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

काठमाडौँ : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी

Read More »

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »

भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ पुगेको पुष्टि गर्दै १० हजार ५०० भन्दा बढी

Read More »

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Read More »

उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु

एथेन्स । उत्तरी ग्रिसकाे जंगलमा लागेकाे भीषण डढेलोमा परेर एउटा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा एक महिला घाइते

Read More »