अन्तरिम सरकारको खर्च कटौतीको निर्णयमाथि बागमती प्रदेशले उठायो प्रश्न

हेटौंडा, ९ असोज । अन्तरिम सरकारले ल्याएको खर्च कटौतीको १२ बुँदे योजनामाथि बागमती प्रदेश सरकारले प्रश्न उठाएको छ ।

मन्त्रिपरिषद्को ५ असोजमा बसेको बैठकले प्रदेश र स्थानीय तहसँग सम्बिन्धत अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा गरेका निर्णयमाथि प्रश्न उठाउँदै बागमती सरकारले संघीयतामाथि नै हस्तक्षेप गर्न खोजिएको आरोप लगाएको छ ।

संविधानको व्यवस्थाविपरीत अन्तरिम सरकारले प्रदेश र स्थानीय तहलाई दिएको निर्देशन हस्तक्षेपपूर्ण भएको बागमती सरकारको निष्कर्ष छ ।

बागमती प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै अन्तरिम सरकारको निर्णय क्षमतामा प्रश्न उठाउनुपर्ने भएको बताए ।

‘प्रदेशको आर्थिक कार्यप्रणाली आफ्नो किसिमको छ, त्यो स्वायत्त हुन्छ । प्रदेशले आफ्नो सञ्चित कोषबाट खर्च गर्ने अधिकार प्रदेश सरकारमा निहित रहन्छ । त्यसलाई संघले निर्देशन गर्न सक्दैन,’ मन्त्री तामाङले भने ।

‘प्रदेशको आर्थिक कार्य प्रणालीले प्रदेश सञ्चित कोषबाट व्ययभार हुने कुनै पनि शीर्षकमा खर्च गर्ने अधिकार प्रदेश सरकारमा निहित हुन्छ र प्रदेशको ऐन, कानुन र कार्यविधिसँग सम्बन्धित रहन्छ । यसलाई संविधानले देशको मूल कानुन भनेको छ । संविधानले भनेको कुरालाई संविधान संशोधन नभई संघ सरकारले निर्देशन गर्न सक्दैन, ’ मन्त्री तामाङले भने ।

संघ सरकारको निर्णय र अर्थ मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख भएका दुई–चार वटा बुँदा त्रुटिपूर्ण रहेको उनको भनाइ छ । यदि निर्णय त्रुटिपूर्ण होइन भने यो संघीयतामाथि हस्तक्षेप भएको विषय उनले दोहोयाए ।

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : आयल निगम

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ। ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको

Read More »

लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

काठमाडौँ : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी

Read More »

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »

भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ पुगेको पुष्टि गर्दै १० हजार ५०० भन्दा बढी

Read More »

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Read More »

उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु

एथेन्स । उत्तरी ग्रिसकाे जंगलमा लागेकाे भीषण डढेलोमा परेर एउटा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा एक महिला घाइते

Read More »