जेनजी आन्दोलन : वीरगन्ज महानगर र प्रहरीको दाबी फरक–फरक

वीरगन्ज, ९ असोज । आन्दोलनका क्रममा वीरगन्ज महानगरपालिकामा तोडफोड, आगजनी तथा लुटपाटबाट भएको क्षतिको विवरणबारे विवाद देखिएको छ ।

भदौं २४ गते महानगरपालिकामा भएको क्षतिको विषयमा कार्यालय र प्रहरीको दाबी फरक–फरक छ । महानगरपालिकाले १ सय १५ करोडभन्दा बढीको धनमाल नष्ट भएको दाबी गरेको छ भने जिल्ला प्रहरी कार्यालय पर्साले भने मात्र १३ करोड बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको जानकारी अनुसार, भदौं २४ गते अपराह्न महानगरपालिकामा प्रवेश गरेका आन्दोलनकारी समूहले कार्यालयभित्र रहेका सवारीसाधन तथा भवनमा आगजनी र लुटपाट गर्दा करिब १३ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

यस विषयमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार, प्रहरीले प्रतिवेदन तयार गर्दा कार्यालयसँग कुनै सहकार्य नगरेकाले तथ्याङ्कमा फरक आएको हो ।

उनले कार्यालयमा रहेका १७ वटा सवारीसाधन, १२ वटा मोटरसाइकल र ४ वटा भवनमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको बताए । आन्दोलनकारीले लगाएको आगलागीमा तीनवटा भवन पूर्ण रूपमा क्षतिग्रस्त भई प्रयोगविहीन बनेका छन् भने नगर प्रमुख र उपप्रमुखको कार्यालय रहेको भवनमा आंशिक क्षति भएको अधिकृत कर्णले जानकारी दिए ।

उनका अनुसार सम्पत्तिको विस्तृत विवरण कार्यालयसँगै रहेको भए पनि प्रहरी प्रतिवेदनमा समन्वयको अभावले आकडा फरक परेको हो ।
भदौं २४ गते भएको आगलागीमा १२ वटा सरकारी कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो। प्रहरी प्रतिवेदनअनुसार, ती कार्यालयमा जम्मा १७ करोड २४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

जसमा—
आन्तरिक राजस्व कार्यालय : ६० लाख

नेपाल टेलिकम घटाघरस्थित कार्यालय : २ करोड

वीरगन्ज महानगरपालिका : १३ करोड

वीरगन्ज महानगरपालिका वडा नं. १० कार्यालय : ६ लाख

वडा नं. २६ कार्यालय : १० लाख

वडा नं. १४ कार्यालय : ३ लाख

जिरा भवानी गाउँपालिका कार्यालय : ५० लाख

वीरगन्ज कारागार : ३ लाख

विर्तास्थित वाल सुधार गृह : ७ लाख

पोखरिया नगरपालिका कार्यालय : १५ लाख

चिनी मिलस्थित उच्च अदालत अस्थायी कार्यालय : २० लाख

भूमि जलस्रोत तथा सिंचाइ कार्यालय : ५० लाख

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : आयल निगम

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ। ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको

Read More »

लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

काठमाडौँ : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी

Read More »

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »

भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ पुगेको पुष्टि गर्दै १० हजार ५०० भन्दा बढी

Read More »

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Read More »

उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु

एथेन्स । उत्तरी ग्रिसकाे जंगलमा लागेकाे भीषण डढेलोमा परेर एउटा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा एक महिला घाइते

Read More »