नेताहरूको पासपोर्ट रोक्का मात्रै होइन, पक्राउ गर्नुपर्ने पनि हुनसक्छ : गृहमन्त्री अर्याल

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले नेताहरूको पासपोर्ट रोक्कामात्र नभई उनीहरूलाई पक्राउ नै गर्नुपर्ने हुनसक्ने बताएका छन्। बिहीबार बेलुकी सिंहदरबारबाट बाहिरिने क्रममा पत्रकारहरूले सरकारले दलका मुख्य नेताहरूको पासपोर्ट रोक्काबारे प्रश्न गरेका थिए। जबाफमा मन्त्री अर्यालले पासपोर्ट मात्रै नभई पक्राउ गरी बयान नै लिनुपर्ने हुनसक्ने बताएका हुन्। ‘कानुनमा यो सबै कुरा छ। अनुसन्धान गर्ने निकायले के-के रोक्का गर्नुपर्छ गर्छ। त्यतिमात्रै होइन पक्राउ पनि गर्नुपर्ने होला, बयान लिनुपर्ने होला । जे आवश्यक पर्छ त्यो गर्छ,’ उनले भने। मन्त्री अर्यालले राज्यका अनुसन्धान गर्ने निकाय सक्रिय भइसकेको पनि बताए। ‘तत् कानुनमा यो लेखिएको छ। त्यही बमोजिम हुन्छ,’ उनले भने। उनले भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा सरकारले राम्रैसँग खुट्टा टेक्ने पनि बताए।

‘पाँच वर्षको म्यान्डेट पाएको सरकार पनि बीचमै भंग भयो। सुशासनको मामिलामा खुट्टा टेकेन भने यो सरकारको पनि म्यान्डेटमा प्रश्न उठ्छ,’ उनले भने,’ त्यसकारण त्यसमा खुट्टा टेक्छ, राम्रैसँग टेक्छ।’ बिहीबार नै मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पनि शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने विषयमा अध्ययन गरिरहेको बताएका थिए। ‘पासपोर्ट रोक्काको सन्दर्भमा खासगरी भ्रष्टाचार, अनियमितता, विभिन्न अपराधसँग जोडिएका ठूला साना जेसुकै अवस्था हुन् राज्यका संयन्त्रहरूले अनुसन्धान गरिरहेको छ,’ उनले भनेका थिए, ‘राहदानीको सन्दर्भमा पनि केकसो गर्ने भनेर अनुसन्धान अघि बढेको छ।’

असोज ३ गते नै नयाँ पासपोर्ट बनाएको थियो देउवा दम्पतीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणाले यही असोज ३ गते, शुक्रबार नयाँ पासपोर्ट (राहदानी) निकालेको थाहा भएको छ। उनीहरूले नयाँ पासपोर्ट बनाएको सूचना सरकारले केही दिन अगाडि नै पाइसकेको एक उच्च स्रोतले जनायो। स्रोतका अनुसार उनीहरूको पासपोर्टमा थाइल्यान्डको भिसा पनि लागिसकेको छ। भदौ २४ मा बुढानीलकण्ठस्थित देउवाको घर तोडफोड र आगजनी हुँदा उनीहरूको पासपोर्ट जलेको वा हराएको अनुमान गरिएको छ। देउवा दम्पती उपचारका लागि वा अरू कुनै कारण देखाएर विदेश जान सक्ने भन्दै सरकारले सुरक्षा संयन्त्रलाई सतर्क पनि गराएको थियो।

यसैबीच सम्पत्ति शुद्धीकरण विभाग, नेपाल प्रहरीको सिआइबी र राहदानी विभागले उनीहरूको पासपोर्ट रोक्का गर्नेबारे छलफल गरिरहेको स्रोतले बतायो। सम्पत्ति शुद्धीकरण विभागले राहदानी विभागलाई पत्राचार गर्‍यो भने उनीहरूको पासपोर्ट रोक्का हुन सक्छ। राहदानी ऐन २०७६ को दफा १२ मा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको छानबिन गर्न अनुसन्धान अधिकारीले राहदानी जारी नगर्न वा रोक्का राख्न लेखेर पठाउन सक्नेछ। केही दिन अगाडि सम्पत्ति शुद्धीकरण विभागको टोलीले देउवा निवासबाट मुचुल्का उठाएको थियो। देउवा निवासमा पैसा भेटिएको भिडिओहरू सार्वजनिक भएपछि त्यसबारे छानबिन गर्न सम्पत्ति शुद्धीकरण विभागको टोली मुचुल्का उठाउन पुगेको हो। पूर्वऊर्जामन्त्री दीपक खड्काको घरबाट प्रदर्शनकारीले पैसा फाल्दै गरेको भिडिओ पनि सार्वजनिक भएको थियो। यसपछि विभागको टोली त्यहाँ पनि मुचुल्का उठाउन पुगेको थियो।

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : आयल निगम

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ। ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको

Read More »

लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

काठमाडौँ : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी

Read More »

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »

भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ पुगेको पुष्टि गर्दै १० हजार ५०० भन्दा बढी

Read More »

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Read More »

उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु

एथेन्स । उत्तरी ग्रिसकाे जंगलमा लागेकाे भीषण डढेलोमा परेर एउटा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा एक महिला घाइते

Read More »