मुख्यमन्त्री शाहद्वारा चाडपर्वमा विशेष सुरक्षा योजना लागू गर्न निर्देशन

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दसैँ, तिहार र छठ जस्ता महत्त्वपूर्ण चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गर्न प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्कीको अध्यक्षतामा बसेको प्रदेश सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन् । चाडपर्वको समयमा आपराधिक गतिविधि बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै शान्ति सुरक्षाको तयारीमा जुट्न उनले सुरक्षा निकायलाई आग्रह गरे । समाजमा हुन सक्ने अवाञ्छित तथा आपराधिक क्रियाकलाप नियन्त्रण र सडक दुर्घटना न्यूनीकरण गरी आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनु सरकारको दायित्व भएकोले त्यसतर्फ सजग रहन उनले सुरक्षा निकायलाई निर्देशन दिए ।

बैठकमा हालै देशका विभिन्न ठाउँमा भएका घटनाहरूले सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षामा पारेको प्रभाव र विद्यमान अवस्थाबारे पनि छलफल भएको थियो । भदौ २३ र २४ गतेको घटनापछिको परिस्थितिलाई सामान्य बनाउँदै नागरिकलाई शान्ति सुरक्षाको अनुभूति दिलाउन नेपाल प्रहरी र अन्य सरकारी निकायहरूले नागरिक समाज र पेसागत समूहहरूसँग मिलेर संवाद र सद्भावका कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय भएको छ । मुख्यमन्त्री शाहले चाडपर्वको समयमा हुन सक्ने विभिन्न समस्यालाई रोक्न ठोस कदम चाल्न निर्देशन दिएका छन् । उनका निर्देशनहरूमा बजारमा खाद्यान्नको सहज आपूर्ति गर्ने, कालोबजारी नियन्त्रण गर्ने तथा चोरी, डकैती र लुटपाटका घटनाहरूलाई रोक्न प्रभावकारी सुरक्षा योजना बनाउने रहेका छन् ।

यस्तै, बजारमा मूल्यवृद्धि, अखाद्य वस्तुको मिसावट र म्याद नाघेका खाद्यवस्तुको बिक्री जस्ता अस्वाभाविक गतिविधि नियमन गर्न अनुगमनलाई प्रभावकारी बनाउन पनि उनले सम्बन्धित निकायलाई निर्देशन दिए । सुदूरपश्चिमबाट भारत जाने मुख्य नाकाहरूमा चाडपर्वको बेला हुन सक्ने लुटपाटका घटनालाई नियन्त्रण गर्न र भारत आउने(जाने नागरिकलाई सहज बनाउन आवश्यक सहकार्य गर्न पनि मुख्यमन्त्रीले जोड दिएका छन् । उनले सुरक्षा निकायहरूलाई यात्रुमैत्री एकीकृत जाँचको व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन् ।

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : आयल निगम

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ। ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको

Read More »

लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

काठमाडौँ : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी

Read More »

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »

भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ पुगेको पुष्टि गर्दै १० हजार ५०० भन्दा बढी

Read More »

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Read More »

उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु

एथेन्स । उत्तरी ग्रिसकाे जंगलमा लागेकाे भीषण डढेलोमा परेर एउटा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा एक महिला घाइते

Read More »