काठमाडौं, १० असोज । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । पौडेल र कार्कीबीच आज बिहान शीतल निवासमा भेटवार्ता भएको हो। भेटमा समसामियक विषयमा छलफल भएको बताइएको छ ।
यसअघि बुधबार मात्र उनीहरूबीच भेटवार्ता भएको थियो। त्यसपछि राष्ट्रपति पौडेलले मतदाता नामावली ऐन २०७३ संशोधन गर्न बनेको अध्यादेश जारी गरेका थिए।










