पहिलो कारबाही केपी ओलीलाई हुनुपर्छ : रक्षा बम

काठमाडौं : जेन-जी आन्दोलनकी अगुवा रक्षा बमले लोकतन्त्रमा निषेध हुन नहुने बताएकी छिन् । उनले दलका नेताहरुलाई सोही दलका साथीहरुले प्रश्न गरेर सुधारेर ल्याउनुपर्नेमा जोड दिईन् । उनले भ्रष्टाचार गर्ने हरेक नेताहरुलाई कारबाही हुनुपर्ने बताईन् ।

शुक्रबार राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्ड, ललिता निवास, वाइडबडीलगायतका काण्डमा आवद्ध भएकाहरुलाई कारबाही हुनुपर्ने माग गरिन् । जेन-जी आन्दोलनको क्रममा आफ्ना साथीहरुलाई टाउकोमा ताकी ताकी गोली हानी हत्या गरेको भन्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिलो कारबाही हुनुपर्ने उनको माग छ ।

उनले आफूलाई ओलीप्रति त्यस दिनको घट्नाको कारण आक्रोश रहेको सुनाईन् । उनले अब ओलीलाई कुनैपनि नेतृत्वमा आफुहरुले देख्न नचाहेको पनि टिप्पणी गरिन् । उनले भनिन्,”उहाँलाई अब हाम्रो शासकका रुपमा त झनै देख्न चाहँदैनौं । शासक आँफैमा एउटा निरंकुश शब्द हो ।”

उनले पाका नेताहरुले अब नेतृत्व छाड्नुपर्ने माग गरिन् । देशका पाका नेताहरुले कालो सिसावाला गाडीमा सवार गर्ने गरेको भएपनि सडकमा जनताको आक्रोशको तह कुन हदसम्म बढेको थियो भन्ने थाहा नै नपाएको पनि उनको भनाई छ ।

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : आयल निगम

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ। ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको

Read More »

लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

काठमाडौँ : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी

Read More »

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »

भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ पुगेको पुष्टि गर्दै १० हजार ५०० भन्दा बढी

Read More »

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Read More »

उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु

एथेन्स । उत्तरी ग्रिसकाे जंगलमा लागेकाे भीषण डढेलोमा परेर एउटा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा एक महिला घाइते

Read More »