एमालेले मात्रै देशलाई सही बाटोमा फर्काउन सक्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले मात्रै मुलुकलाई सही बाटोमा फर्काउने दाबी गरेका छन् । जेनजी आन्दोलनपछि पहिलो पटक शनिबार भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । 

अध्यक्ष ओलीले राष्ट्रलाई जोगाउन र शान्ति तथा समृद्धिको बाटोमा फर्काउन संयमताका साथ एकताबद्ध भएर अघि बढ्न पनि सिङ्गो पार्टी पङ्क्ति र देशवासीलाई आह्वान गरे । एमालेका कार्यकताहरुको घर जलेको, ठुलो क्षति भएको भए पनि एमाले कार्यकर्तालाई हरेश नखान ओलीको आग्रह थियो । उनले मुलुकलाई अघि बढाउन राष्ट्रिय एकता र समझदारी आवश्यक रहेको पनि बताए । 

अध्यक्ष ओलीले भने, ‘नेकपा (एमाले)का कार्यकर्ताहरूलाई भन्न चाहन्छु– घर जले । कतिपय ठुलो क्षति भयो एउटा परिस्थितिमा । तर हरेश नखानु । एमालेले नै यो यस देशलाई फेरि सही बाटोमा फर्काउने । त्यसकारण म एमालेका साथीहरूलाई हरेश नखान आग्रह गर्न चाहन्छु । सिङ्गै देशवासीलाई आग्रह गर्न चाहन्छु–हरेश नखानुस् । सबैलाई भन्न चाहन्छु–संयम अपनाउन यतिबेला । र, आक्रोश, रिसराग,  वैरभाव होइन, राष्ट्रलाई जोगाउन र शान्ति र समृद्धिको बाटोमा फर्काउन एकता चाहिएको छ । समझदारी चाहिएको छ । त्यसअनुसार अगाडि बढौँ । आग्रह गर्न चाहन्छु ।’  अध्यक्ष ओलीले आक्रोश, रिसराग र वैरभाव छोडेर देशलाई अघि बढाउन सबैले अग्रसरता दिनुपर्ने समेत बताए । 

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : आयल निगम

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ। ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको

Read More »

लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

काठमाडौँ : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी

Read More »

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »

भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ पुगेको पुष्टि गर्दै १० हजार ५०० भन्दा बढी

Read More »

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Read More »

उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु

एथेन्स । उत्तरी ग्रिसकाे जंगलमा लागेकाे भीषण डढेलोमा परेर एउटा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा एक महिला घाइते

Read More »