निर्वाचन नै राजनीतिक निकास, जेनजीका माग कांग्रेसले सम्बोधन गर्छ : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक निकासको लागि निर्वाचन आवश्यक रहेको बताएका छन् । जेनजी आन्दोलनका क्रममा क्षति पुगेको कांग्रेस मकवानपुरको पार्टी कार्यालयको अवलोकनपछि शनिबार पत्रकारहरूसँग कुरा गर्दै उनले घाइते अवस्थामा रहेको संविधानलाई स्वस्थ बनाउन फागुन २१ गते नै प्रतिनिधिसभा निर्वाचन हुनुपर्ने बताए ।

‘राष्ट्रपति, संविधान, राष्ट्रियसभा, प्रदेश संरचना र स्थानीय तहलाई निर्वाचनमार्फतै रिफ्रेस गर्न सकिने भएकाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुनुपर्छ,’ उनले भने, निर्वाचन हुने वातावरण बनाउन कांग्रेसले सहयोग गर्छ ।’ सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सफलता कांग्रेसले खोज्ने उनको भनाइ थियो ।

महामन्त्री शर्माले वर्तमान सरकार असफल भए लोकतन्त्र नै धरापमा पर्ने चेतावनी पनि दिए । मन्त्रीपरिषद्मा योग्य व्यक्तिहरू आए पनि जेनजी युवाको प्रतिनिधित्व नदेखिएकोप्रति भने उनले असन्तुष्टि व्यक्त गरे । यस्तै भदौ २३ र २४ गतेका घटनामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने आवश्यकता पनि उनले जोड दिए ।

विगतमा ओली नेतृत्वको सरकारले गरेका राम्रा कामको जिम्मा लिनु पर्ने तर नराम्रा कामको आलोचना गर्न सकिने उल्लेख गर्दै महामन्त्री शर्माले घटनाको छानबिन र कारबाहीमा कांग्रेसले अन्तरिम सरकारलाई साथ दिने बताए ।

सरकारी संरचना र व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी तथा तोडफोड जेनजीको भावना अनुरूप नभएको उनले दाबी गरे । जेनजीको नाममा अराजक गतिविधि गर्नेहरूमाथि कारबाही गर्नु सरकारको दायित्व हो । हामी शान्तिपूर्ण आन्दोलनमा छौँ, तोडफोड र आगजनीविरुद्धको आवाज जेनजी पुस्ताबाटै आउनुपर्छ ।’

महामन्त्री शर्माले विगतका राजनीतिक परिवर्तन कांग्रेसकै नेतृत्वमा भए पनि हालको आन्दोलनले कांग्रेसलाई परिवर्तन हुन सन्देश दिएको स्पष्ट पारे । फरक–फरक विचारलाई सम्बोधन गर्दै साझा धारणा बनाउने तयारीमा पार्टी केन्द्रीय समितिको बैठक बस्ने र विधान संशोधनमार्फत जेनजी पुस्तालाई प्रतिनिधित्व दिने तयारी रहेको पनि उनले बताए ।

’मङ्सिर मसान्तभित्रै पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने मत बलियो रहेको छ, उनले भने, ‘आवश्यक परे विशेष महाधिवेशन बोलाउने प्रावधान पनि पार्टीको विधानमा छ ।’ समयमै उठेका आवाजलाई नसुन्दा नेताहरू ग्रेसफुल ऐक्जिटको साटो फोर्सफुल ऐक्जिटको बाटोमा पुगेको उनले दाबी गरे । यस्तै महामन्त्री शर्माले पार्टी सभापति शेरबहादुर देउवाको घरमा भेटिएको पैसाबारे बोल्दै सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूकै आधारमा आम धारणा बनाउन नहुने बताए ।

पैसाको विषयलाई सामाजिक सञ्जालमा मात्र अल्झाएर राख्नु उपयुक्त नहुने बताउँदै उनले निष्पक्ष अनुसन्धानमार्फत सत्य बाहिर ल्याउनुपर्नेमा जोड दिए । पैसा कहाँबाट कसरी आयो भन्ने जवाफ सभापतिको निवास वा सरकारले अनुसन्धानमार्फत दिनुपर्छ,’ उनले भने ।  २०४६ पछिका सबै नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने र आफू पनि छानबिनको दायरामा आउन तयार रहेको बताए ।

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : आयल निगम

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ। ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको

Read More »

लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

काठमाडौँ : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी

Read More »

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »

भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ पुगेको पुष्टि गर्दै १० हजार ५०० भन्दा बढी

Read More »

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Read More »

उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु

एथेन्स । उत्तरी ग्रिसकाे जंगलमा लागेकाे भीषण डढेलोमा परेर एउटा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा एक महिला घाइते

Read More »