तमिल अभिनेता विजयको र्‍यालीमा भागदौड, ३९ जनाको मृत्यु

काठमाडौँ ।  भारतको तमिलनाडु स्थित नामक्कलमा अभिनेता विजयको र्‍यालीमा भागदौड मच्चिएको छ। जसमा बालबालिकासहित कम्तीमा ३९ जनाको मृत्यु भएको छ भने ९५ भन्दा बढी घाइते भएका छन्।

टिभीके (तमिलागा भेट्टी कझगम) का प्रमुख तथा अभिनेता विजयको र्‍यालीमा ठुलो संख्यामा मानिसहरू भेला भएका थिए। अभिनेताबाट राजनीतिज्ञ बनेका विजय भीडलाई सम्बोधन गरिरहेका थिए। केही मानिसहरू बेहोस हुन थालेपछि उनी भाषण रोकेर र्‍यालीबाट बाहिरिएका थिए । त्यसपछि थप भागदैड मच्चिएको थियो । 

विजयले घटनाबाट आफ्नो मुटु टुक्रेको र असहनीय पीडा र दुःखमा रहेको बताएका छन् । उनले मृत्यु भएकाहरूको परिवारप्रति गहिरो सहानुभूति र समवेदना व्यक्त गर्दै अस्पतालमा रहेकाको शीघ्र स्वास्थ्यलाभका निम्ति प्रार्थना गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत घटनालाई दुर्भाग्यपूर्ण र अत्यन्तै दुःखद भनेका छन् ।

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : आयल निगम

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ। ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको

Read More »

लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

काठमाडौँ : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी

Read More »

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »

भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ पुगेको पुष्टि गर्दै १० हजार ५०० भन्दा बढी

Read More »

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Read More »

उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु

एथेन्स । उत्तरी ग्रिसकाे जंगलमा लागेकाे भीषण डढेलोमा परेर एउटा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा एक महिला घाइते

Read More »