कांग्रेसले यस वर्ष दसैँको चियापान कार्यक्रम नगर्ने

काठमाडौं : हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन नेपाली कांग्रेसले आयोजना गर्ने गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यसपटक नगर्ने भएको छ। जेनजी आन्दोलनका क्रममा भएका मानवीय तथा भौतिक क्षतिले देशवासी शोकमा रहेकाले यस वर्ष दसैँको पूर्णिमाका दिन गर्ने गरिएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ। वि.सं. २०३३ मा जननायक बीपी कोइराला निर्वासनबाट राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केको उपलक्ष्यमा कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह आयोजना गरी शुभकामना आदान-प्रदान गर्ने गरेको थियो।

‘चाडबाडको समयमा समग्र मुलुकका नागरिकहरू शोकमा डुबेको र हाम्रो पार्टीको केन्द्रीय कार्यालय समेतमा आगजनी गरि ध्वस्त पारिएको अवस्थाको यो विषम परिस्थितिमा हामी देशभक्त नेपाली नागरिकबीच थप राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता हुनुपर्छ भन्ने तथ्यलाई हृदयङ्गम गर्दै आम नेपाली आमाबुवा दिदीबहिनी तथा दाजुभाइहरू अकल्पनीय शोकमा रहेकोले कोजाग्रत पूर्णिमाका दिन नेपाली कांग्रेसले आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यस वर्ष (२०८२ साल) आयोजना नगर्ने कुरा यसै विज्ञप्तिमार्फत सबैलाई जानकारी गराइन्छ’, कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »

भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ पुगेको पुष्टि गर्दै १० हजार ५०० भन्दा बढी

Read More »

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Read More »

उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु

एथेन्स । उत्तरी ग्रिसकाे जंगलमा लागेकाे भीषण डढेलोमा परेर एउटा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा एक महिला घाइते

Read More »

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

दाङ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-४ भखारे बस्ने ३५ वर्षीय बामदेव

Read More »

फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आवश्यक जनशक्ति अभाव भए अस्थायी व्यवस्थापन गरेर भए पनि योग्य जनशक्ति तयार गर्नुपर्ने बताएका छन् । बुधबार

Read More »