गण्डकीका मुख्यमन्त्रीको निवासमा फेरि आगजनी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमा पुनः आगजनी भएको छ । गएराति साढे २ अज्ञात व्यक्तिहरूले निवासमा आगो लगाएका हुन् । उक्त भवनमा  भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा  पनि तोडफोड र आगजनी भएको थियो । 

मुख्यमन्त्री पाण्डेले आगजनीका कारण बाँकी भएका कागजात जलेर नष्ट भएको बताए । `गेट लगाइएको थियो । पर्खाल चढेर लगाएको हुन सक्छ,´ उनले भने, `केही कागजात बाँकी थिए, सबै जलेछन् ।´ निवास जलेपछि उनी हाल प्रमुख सचिवको निवासमा बस्दै आएका छन् । 

जेनजी प्रदर्शनका क्रममा गण्डकी प्रदेश मातहतका ४८ भवनमा आगजनी र तोडफोड भएको छ । तीमध्ये १३ भवन बस्नै नमिल्ने गरी नष्ट भएको छ भने १६ भवन तत्काल बस्न नमिल्ने खालको छ । 

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »

भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ पुगेको पुष्टि गर्दै १० हजार ५०० भन्दा बढी

Read More »

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Read More »

उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु

एथेन्स । उत्तरी ग्रिसकाे जंगलमा लागेकाे भीषण डढेलोमा परेर एउटा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा एक महिला घाइते

Read More »

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

दाङ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-४ भखारे बस्ने ३५ वर्षीय बामदेव

Read More »

फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आवश्यक जनशक्ति अभाव भए अस्थायी व्यवस्थापन गरेर भए पनि योग्य जनशक्ति तयार गर्नुपर्ने बताएका छन् । बुधबार

Read More »