व्यापार संघद्वारा जिल्ला प्रशासन कार्यालयलाई गाडी प्रदान

विराटनगर ।  मोरङ उद्योग व्यापार संघले जिल्ला प्रशासन कार्यालय, मोरङलाई एक थान ल्यान्ड रोभर गाडी उपलब्ध गराएको छ । संघले आइतबार एक कार्यक्रमको आयोजना गरी संघका अध्यक्ष अनुपम राठीले मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गाडी हस्तान्तरण गरेका हुन् । 

वातावरणको क्षेत्रमा काम गर्ने संस्था (सीम एन)ले चलाएको गाडी मोरङ उद्योग व्यापार संघमा रहेको थियो । उक्त गाडी मर्मत सम्भार गरेर प्रशानलाई हस्तान्तरण गरेको छ । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रमुख जिल्ला अधिकारीको गाडीसहित कार्यालयमा आगजनी भएपछि प्रशासनलाई सवारी साधनको अभाव भएको थियो । 

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले प्रशासनको गाडी जलेर ध्वस्त भएपछि प्रमुख जिल्ला अधिकारीलाई आवतजावतमा सहजता होस् भन्ने उद्देश्यले गाडी उपलब्ध गराएको बताए । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मोरङ उद्योग व्यापार संघको सहयोगप्रति आभार व्यक्त गरे । जिल्ला प्रशासन कार्यालय मोरङको तीन वटा सवारी साधान रहेको थियो । आन्दोलनको क्रममा सबै सवारी साधन जलेका थिए । 

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »

भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ पुगेको पुष्टि गर्दै १० हजार ५०० भन्दा बढी

Read More »

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Read More »

उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु

एथेन्स । उत्तरी ग्रिसकाे जंगलमा लागेकाे भीषण डढेलोमा परेर एउटा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा एक महिला घाइते

Read More »

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

दाङ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-४ भखारे बस्ने ३५ वर्षीय बामदेव

Read More »

फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आवश्यक जनशक्ति अभाव भए अस्थायी व्यवस्थापन गरेर भए पनि योग्य जनशक्ति तयार गर्नुपर्ने बताएका छन् । बुधबार

Read More »