रौतहटमा बाढीकाे जोखिम, एक सय घरधुरीलाई सुरक्षित स्थानमा सारियो

रौतहट । रौतहट स्थित बागमती र लालबकैया नदीमा पानीको सतह बढ्दै गएपछि नदी किनारमा बसोबास गर्ने बस्तीहरूमा बाढी जोखिम बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागमा अति भारी वर्षा हुने चेतावनी जारी गरेपछि सशस्त्र प्रहरी बलले अग्रिम रूपमा सतर्कता र उद्धार कार्य अघि बढाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं ११ गण, हे.क्वा. रौतहट र मातहतका  सन्तपुर, दुधियाभार, विजयपुर र समनपुर लगायत सम्पूर्ण बेस क्याम्पहरूले जोखिमयुक्त बस्तीहरूमा सचेतनामूलक माइकिङ कार्यक्रम सञ्चालन गर्दै बाढीग्रस्त हुन सक्ने स्थानका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।

जिल्ला विपद् व्यवस्थापनको निर्देशनअनुसार असोज १७ गते मात्र वृन्दावन नगरपालिका–१ स्थित भोटियाघाट क्षेत्रको बागमती नदी किनारमा बसोबास गर्ने १२८ घरधुरीमध्ये १०१ घरधुरीलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी राम हरी अधिकारीले जानकारी दिएका छन्।

बाढी जोखिम उच्च भएकाले प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानतर्फ जान आग्रह गरेका छौं। हाम्रो सबै टोली २४ सै घण्टा उद्धार र आपतकालीन राहतका लागि स्ट्यान्डबाइ अवस्थामा छन्,” एसपी राम हरी अधिकारी जानकारी दिए।

बाढी जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना,स्थानीय तह र स्थानीय बासिन्दाबीच समन्वय गरी उद्धारका लागि आवश्यक डुङ्गा, डोरी, जीवनरक्षक ज्याकेटलगायतका उपकरणहरू तयारी अवस्थामा राखिएको छ।

विशेष गरी बागमती र लालबकैया नदी आसपासका बस्तीहरू भोटियाघाट, कटहरिया, मौलापुर, राजपुर, गुजरा, इश्नाथ, देवाही गोनाही र गरुडा क्षेत्रलाई उच्च जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको छ। हरेक वर्षको मनसुनमा बागमती र लालबकैया नदी किनारका बस्तीहरूमा बाढी र डुबानको जोखिम बढ्ने गरेको छ। 

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »

भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ पुगेको पुष्टि गर्दै १० हजार ५०० भन्दा बढी

Read More »

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Read More »

उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु

एथेन्स । उत्तरी ग्रिसकाे जंगलमा लागेकाे भीषण डढेलोमा परेर एउटा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा एक महिला घाइते

Read More »

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

दाङ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-४ भखारे बस्ने ३५ वर्षीय बामदेव

Read More »

फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आवश्यक जनशक्ति अभाव भए अस्थायी व्यवस्थापन गरेर भए पनि योग्य जनशक्ति तयार गर्नुपर्ने बताएका छन् । बुधबार

Read More »