लामो दूरीका र काठमाडौं भित्रिने बाहिरिने सवारी साधन तीन दिन बन्द

काठमाडौं, १८ असोज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिनका लागि लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत बन्द गर्ने भएको छ ।

शनिबार एक सूचना जारी गर्दै प्राधिकरणले असोज १८, १९ र २० गतेका लागि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत बन्द गरेको जानकारी दिएको हो ।

भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न सवारी साधन आवतजावत बन्द गरिएको प्राधिकरणले जनाएको छ ।

‘उक्त अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक वाहेकका लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारी साधन नचलाउन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारीसाधन आवतजावत बन्द गर्न तथा गराउन एवं सोको निरन्तर अनुगमन तथा निगरानी गर्नु हुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।

प्राधिकरणले यस अवधिमा अत्यावश्यकबाहेक यात्रा नगर्न, सुरक्षित तरिकाले घरमै बस्न र विपद्सम्बन्धी आधिकारिक र अद्यावधिक सूचना तथा जानकारीहरु रेडियो, टेलीभिजन, अनलाइन सञ्चारमाध्यम, सामाजिक सञ्जाल लगायतबाट प्राप्त गर्न समेत अनुरोध गरेको छ ।

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Read More »

उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु

एथेन्स । उत्तरी ग्रिसकाे जंगलमा लागेकाे भीषण डढेलोमा परेर एउटा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा एक महिला घाइते

Read More »

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

दाङ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-४ भखारे बस्ने ३५ वर्षीय बामदेव

Read More »

फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आवश्यक जनशक्ति अभाव भए अस्थायी व्यवस्थापन गरेर भए पनि योग्य जनशक्ति तयार गर्नुपर्ने बताएका छन् । बुधबार

Read More »

सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार सुनको मूल्य

Read More »

राजस्थानमा बस र ट्रेलर ठोक्किँदा ठूलो आगलागी : ८ जनाको मृत्यु, २१ घाइते

काठमाडौं । भारतको राजस्थानको दौसाको दिल्ली–मुम्बई एक्सप्रेसवेमा स्लीपर बस र ट्रेलर (ट्रक) एकापसमा ठोक्किँदा ठूलो आगलागी हुँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ भने २१

Read More »