दशैँ बिदामा घर गएका ट्राफिक प्रहरीको गाडीको ठक्करबाट मृत्यु

रौतहट ।  दशैँ बिदामा घर गएका ट्राफिक प्रहरी शंकर बलायरको गाडीको ठक्करबाट मृत्यु भएको छ। डोटीको शिखर नगरपालिका–८ तिलताली घर भएका ३५ वर्षीय बलायर हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए। बलायर नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारामा दरबन्दी भई रौतहटमा सेवा दिइरहेका थिए। दशैँ मनाउन केही दिनअघि उनी गृह जिल्ला डोटी पुगेका थिए।

स्थानीय प्रहरीले दिएको जानकारी अनुसार बलायर शुक्रबार साँझ पैदल यात्राका क्रममा सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका थिए। घाइते अवस्थामै अस्पताल लैजाने प्रयास गरिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीले बताएका छन्।

घटनापछि ठक्कर दिने सवारीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। स्थानीय बासिन्दा र सहकर्मीहरूले बलायरलाई अनुशासित र कर्तव्यनिष्ठ प्रहरीका रूपमा स्मरण गर्दै उनको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Read More »

उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु

एथेन्स । उत्तरी ग्रिसकाे जंगलमा लागेकाे भीषण डढेलोमा परेर एउटा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा एक महिला घाइते

Read More »

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

दाङ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-४ भखारे बस्ने ३५ वर्षीय बामदेव

Read More »

फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आवश्यक जनशक्ति अभाव भए अस्थायी व्यवस्थापन गरेर भए पनि योग्य जनशक्ति तयार गर्नुपर्ने बताएका छन् । बुधबार

Read More »

सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार सुनको मूल्य

Read More »

राजस्थानमा बस र ट्रेलर ठोक्किँदा ठूलो आगलागी : ८ जनाको मृत्यु, २१ घाइते

काठमाडौं । भारतको राजस्थानको दौसाको दिल्ली–मुम्बई एक्सप्रेसवेमा स्लीपर बस र ट्रेलर (ट्रक) एकापसमा ठोक्किँदा ठूलो आगलागी हुँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ भने २१

Read More »