देशभरका नदीहरूमा बहाब बढ्दै, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ। हाल देशका सबै प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल रहे पनि बाढीको जोखिम बढ्दै गएको जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार दिउँसो १:५० बजेसम्मको अद्यावधिक अनुसार, पछिल्ला घण्टाहरूमा मधेश र बागमती प्रदेशका जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ भने कोशी प्रदेशका अधिकांश क्षेत्रमा हल्का वर्षा मापन भएको हो।

महाशाखाले दिएको जानकारी अनुसार, काठमाडौं उपत्यकाको बागमती जलाधार र कमला जलाधार क्षेत्रका जलमापन केन्द्रहरूमा पानीको सतह बढ्दो क्रममा रहेको छ। राति ती क्षेत्रमा सतर्कता तह पार गर्ने सम्भावना रहेकोले स्थानीय बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ।

आज दिउँसोदेखि मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश हुँदै बग्ने नदीहरूमा बहाब उल्लेख्य रूपमा बढ्न सुरु हुने अनुमान गरिएको छ। विशेषगरी आज राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली तथा आसपासका जिल्लाहरूमा रहेका स–साना नदी–नालामा आकस्मिक बाढीको जोखिम रहेको चेतावनी दिइएको छ।

महाशाखाका अनुसार, आइतबार बिहानदेखि बेलुकीसम्मको अवधिमा नारायणी, कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौंदी, त्रिशुली, पूर्वी राप्ती, बागमती, कमला लगायतका नदीहरू तथा तिनका शाखा नदीहरूमा बहाब उल्लेख्य रूपमा बढ्दै सतर्कता तहसम्म पुग्न सक्नेछ। त्यसपछि आइतबार रातिदेखि कोशी र कन्काई नदी प्रणालीमा समेत बहाब उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ।

सतर्कता तह नाघ्ने सम्भावना भएकाले बाढी र डुबान हुन सक्ने तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै, कमजोर तथा भिरालो भू–भागमा पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन स्थानीय प्रशासन र सम्बन्धित निकायलाई पनि अनुरोध गरिएको छ।

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Read More »

उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु

एथेन्स । उत्तरी ग्रिसकाे जंगलमा लागेकाे भीषण डढेलोमा परेर एउटा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा एक महिला घाइते

Read More »

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

दाङ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-४ भखारे बस्ने ३५ वर्षीय बामदेव

Read More »

फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आवश्यक जनशक्ति अभाव भए अस्थायी व्यवस्थापन गरेर भए पनि योग्य जनशक्ति तयार गर्नुपर्ने बताएका छन् । बुधबार

Read More »

सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार सुनको मूल्य

Read More »

राजस्थानमा बस र ट्रेलर ठोक्किँदा ठूलो आगलागी : ८ जनाको मृत्यु, २१ घाइते

काठमाडौं । भारतको राजस्थानको दौसाको दिल्ली–मुम्बई एक्सप्रेसवेमा स्लीपर बस र ट्रेलर (ट्रक) एकापसमा ठोक्किँदा ठूलो आगलागी हुँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ भने २१

Read More »