सयौँ परिवार विस्थापित, केशलियाको बाढी विराटनगर पस्यो

विराटनगर, १९ असोज । लगातारको वर्षासँगै मोरङ जिल्लाका नदी तथा खोलामा आएको बाढीले दर्जनौँ बस्ती डुबानमा परेका छन् । केशलिया, सिंघिया, बक्राहा, रतुवा, र कट्नु खोलामा आएको बाढीका कारण सयौं परिवार विस्थापित भएका छन् ।

विराटनगर महानगरपालिका–६ र १२ नम्बर वडाका केशलिया खोला किनारमा बसोबास गर्ने करिब १०० परिवार विस्थापित भएका छन् । प्रहरीका अनुसार विशेषगरी विराटनगर–१२ को सम्पन्न बस्तीमा ७५ घरका ३५० जनालाई सुरक्षित स्थलमा सारिएको छ ।

उनीहरूलाई बखरी र दरैया आधारभूत विद्यालयमा आश्रय दिइएको छ । विराटनगर–६ मा पनि केही घरहरू डुबानमा परेपछि स्थानीयलाई अन्य सुरक्षित स्थानमा सारिएको छ ।

सुकुम्बासी बस्तीमा खतरा
विराटनगर–८ को सुकुम्बासी बस्तीमा सिंघिया खोलाको बाढी पसेपछि ११ परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ ।

सुनवर्षी नगरपालिकाअन्तर्गत क्षति सुनवर्षी नगरपालिका–३ बाहुनटोलमा बक्राहा खोलाले बाँध कटाएर बस्तीमा पस्दा ६० घर डुबानमा परेका छन् ।

वडा नं. ६ मा पनि बक्राहा खोलाले बाँध भत्काएको छ भने तत्काल मर्मत कार्य भइरहेको जनाइएको छ । उर्लाबारी र रतुवामाईमा बाढीको प्रभाव उर्लाबारी–९ मा रतुवा खोलाको बाढीले २० परिवार विस्थापित बनाएको छ ।

रतुवामाई नगरपालिका–५ मा कट्नु खोला पसेर ६ परिवार, महाराजथानमा बक्राहा खोलाको बाढीले नौ परिवार, र मुसरभिट्टामा ३० परिवार विस्थापित भएका छन् ।

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Read More »

उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु

एथेन्स । उत्तरी ग्रिसकाे जंगलमा लागेकाे भीषण डढेलोमा परेर एउटा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा एक महिला घाइते

Read More »

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

दाङ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-४ भखारे बस्ने ३५ वर्षीय बामदेव

Read More »

फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आवश्यक जनशक्ति अभाव भए अस्थायी व्यवस्थापन गरेर भए पनि योग्य जनशक्ति तयार गर्नुपर्ने बताएका छन् । बुधबार

Read More »

सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार सुनको मूल्य

Read More »

राजस्थानमा बस र ट्रेलर ठोक्किँदा ठूलो आगलागी : ८ जनाको मृत्यु, २१ घाइते

काठमाडौं । भारतको राजस्थानको दौसाको दिल्ली–मुम्बई एक्सप्रेसवेमा स्लीपर बस र ट्रेलर (ट्रक) एकापसमा ठोक्किँदा ठूलो आगलागी हुँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ भने २१

Read More »