छानबिन पूरा नभएसम्म म जेलमै बस्न तयार छु : सोनम वाङचुक

नयाँ दिल्ली । भारतका चर्चित वातावरण अभियन्ता सोनम वाङचुक यतिबेला राजस्थानको जोधपुर केन्द्रीय जेलमा छन् । शनिबार अक्टोबर ४ मा सोनम वाङचुकका दाजु त्सेतन दोर्जे र वकिल मुस्तफा हाजीले उनलाई जेलमा भेटेका थिए । यसक्रममा सोनम वाङचुकले लद्दाख र भारतका जनतालाई सन्देश पठाए । सन्देशमा उनले आफू शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको र सबै मानिसले आफूप्रति व्यक्त गरेको चिन्ता र प्रार्थनाको लागि आभार व्यक्त गरेका थिए ।

सन्देशमा वाङचुकले प्रदर्शनमा ज्यान गुमाउनेहरूका परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइते वा पक्राउ परेकाहरूका लागि प्रार्थना गरेको बताए । प्रदर्शनका क्रममा भएको चार सदस्यहरूको मृत्युको स्वतन्त्र न्यायिक छानबिन हुनुपर्ने र त्यो नभएसम्म आफू जेलमै बस्न तयार भएको पनि उनले बताए ।

आफू सर्वोच्च निकाय, केडीए र लद्दाखका जनताको संवैधानिक अधिकार– छैटौँ अनुसूची र राज्यको वास्तविक मागमा पूर्ण रूपमा उभिएको भन्दै सर्वोच्च निकायले लद्दाखको हितमा चाल्ने कुनै पनि कदमलाई हृदयदेखि समर्थन गर्ने पनि बताएका छन् । सेप्टेम्बर २४ मा लेहमा पूर्ण राज्यको दर्जा र लद्दाखको छैटौँ अनुसूचीमा समावेशको माग गर्दै हिंसात्मक विरोध प्रदर्शनहरू भएको थियो । आन्दोलनको नेतृत्व वाङचुङ र उनको वातावरण संस्थाको नेतृत्वमा भएको थियो । यस घटनापछि प्रहरीले वाङचुकलाई उनको गाउँ उलेटोकपोबाट पक्राउ गरेको थियो ।

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले हाल कायम रहेको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Read More »

उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु

एथेन्स । उत्तरी ग्रिसकाे जंगलमा लागेकाे भीषण डढेलोमा परेर एउटा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा एक महिला घाइते

Read More »

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

दाङ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-४ भखारे बस्ने ३५ वर्षीय बामदेव

Read More »

फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आवश्यक जनशक्ति अभाव भए अस्थायी व्यवस्थापन गरेर भए पनि योग्य जनशक्ति तयार गर्नुपर्ने बताएका छन् । बुधबार

Read More »

सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार सुनको मूल्य

Read More »

राजस्थानमा बस र ट्रेलर ठोक्किँदा ठूलो आगलागी : ८ जनाको मृत्यु, २१ घाइते

काठमाडौं । भारतको राजस्थानको दौसाको दिल्ली–मुम्बई एक्सप्रेसवेमा स्लीपर बस र ट्रेलर (ट्रक) एकापसमा ठोक्किँदा ठूलो आगलागी हुँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ भने २१

Read More »