विपद्बाट भएको क्षतिको विवरण पठाउन प्राधिकरणको अनुरोध

काठमाडौँ, १९ असोज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्बाट भएको प्रारम्भिक क्षतिको आकलन, प्रभावित सङ्ख्या तथा क्षेत्रको विवरण यथाशीघ्र सङ्कलन गरी पठाउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ । प्राधिकरणमा आज बसेको मनसुन प्रतिकार्य ‘कमाण्ड पोष्ट’ बैठकले विवरण पठाउन आग्रह गर्दै अतिभारी वर्षाका कारण उत्पन्न मनसुनजन्य विपद्का घटनाबाट पीडित तथा प्रभावित व्यक्तिको खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकले विपद् प्रभावित व्यक्ति तथा परिवारलाई राहत, स्थानान्तरण तथा पुनःस्थापनासम्बन्धी कार्य यथाशीघ्र सम्पन्न गर्न सम्बन्धित स्थानीय तह र सरोकार भएका निकायलाई अनुरोध गर्ने निर्णय गरेको प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जानकारी दिनुभयो । स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई राहत उपलब्ध गराउन र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई आग्रह गर्ने निर्णयसमेत भएको उहाँले बताउनुभयो । विपजन्य घटनाको जोखिमको विश्लेषण गरी लामो दूरी र काठमाडौँ भित्रिने÷बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाइएकामा अर्को सूचना जारी नहुन्जेलसम्म जोखिमयुक्त राजमार्ग÷सडकमा रात्रिकालीन बस सेवा सञ्चालन नगर्न÷नगराउन स्थानीय प्रशासनलाई आग्रह गरिएको छ ।

अत्यावश्यक सेवा, राजमार्गमा रोकिएका मालवाहक र यात्रुवाहक सवारीसाधन तथा छोटो दूरीमा सञ्चालन हुने सवारीसाधनको हकमा स्थानीयस्तरको विपद् जोखिमको अवस्थालाई दृष्टिगत गरी अन्तर जिल्ला समन्वयमा आवागमन सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले अवरुद्ध सडक मर्मतसम्भार गरी तत्काल सञ्चालन गर्न सडक विभाग, खानेपानी, विद्युत्, सञ्चारलगायत अत्यावश्यक सेवा सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु

एथेन्स । उत्तरी ग्रिसकाे जंगलमा लागेकाे भीषण डढेलोमा परेर एउटा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा एक महिला घाइते

Read More »

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

दाङ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-४ भखारे बस्ने ३५ वर्षीय बामदेव

Read More »

फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आवश्यक जनशक्ति अभाव भए अस्थायी व्यवस्थापन गरेर भए पनि योग्य जनशक्ति तयार गर्नुपर्ने बताएका छन् । बुधबार

Read More »

सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार सुनको मूल्य

Read More »

राजस्थानमा बस र ट्रेलर ठोक्किँदा ठूलो आगलागी : ८ जनाको मृत्यु, २१ घाइते

काठमाडौं । भारतको राजस्थानको दौसाको दिल्ली–मुम्बई एक्सप्रेसवेमा स्लीपर बस र ट्रेलर (ट्रक) एकापसमा ठोक्किँदा ठूलो आगलागी हुँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ भने २१

Read More »

विशेषज्ञदेखि मिर्गौला प्रत्यारोपणसम्म, एसएसएफ र पीएफ सदस्यका लागि किस्टमा व्यापक स्वास्थ्य सेवा

काठमाडौं। स्वास्थ्य उपचारलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्यका साथ किस्ट शिक्षण अस्पताल ले सामाजिक सुरक्षा कोष (एसएसएफ) तथा कर्मचारी सञ्चय कोष (पीएफ) अन्तर्गत

Read More »