भीमफेदी-कुलेखानी-फाखेल र त्रिभुवन राजपथ खुल्यो

हेटौँडा । अविरल वर्षापछि अवरुद्ध भएका मकवानपुर हुँदै काठमाडौँ जोड्ने मुख्य सडक खण्डहरूमध्ये केही सोमबार बिहानैदेखि खुलेका छन् । केही सडक अझै पनि अवरुद्ध रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र त्रिभुवन राजपथ (हेटौँडा–पालुङ–नौबिसे) मार्गमा सवारीसाधनको आवागमन पुनः सुरु भएको छ ।

तर, भीमफेदी–कुलेखानी–सिस्नेरी खण्ड र कान्ति लोकपथ भने अझै अवरुद्ध नै रहेको प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए । उनका अनुसार भीमफेदी–कुलेखानी–सिस्नेरी–फर्पिङ सडकखण्डमा रहेको डोढारे खोलाले राजमार्गकै केही भाग बगाएको छ । साथै, दक्षिणकाली मन्दिर नजिक ठुलो पहिरो गएको कारण सो खण्डमा सवारी सञ्चालन हुन नसकेको हो ।

प्रहरी निरीक्षक सापकोटाका अनुसार सो सडक खण्डको सिस्नेरी भागमा सडक पुनःस्थापना र दक्षिणकाली क्षेत्रमा पहिरो पन्छाउने कार्य भइरहेको छ । यस्तै, कान्ति लोकपथमा ठिंगनदेखि बगुवा खोलासम्म तीन ठुला पहिरोले सडकका केही भाग बगाएका छन् भने हेटौँडादेखि बगुवा खोलासम्म साना–ठुला गरी आधा दर्जनभन्दा बढी पहिरो खसेका छन् । प्रहरीका अनुसार कान्ति लोकपथमा खसेका पहिरो पन्छाउने र बगाएको सडक मर्मत गर्ने कार्य तीव्र गतिमा भइरहेको छ ।

उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु

एथेन्स । उत्तरी ग्रिसकाे जंगलमा लागेकाे भीषण डढेलोमा परेर एउटा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा एक महिला घाइते

Read More »

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

दाङ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-४ भखारे बस्ने ३५ वर्षीय बामदेव

Read More »

फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आवश्यक जनशक्ति अभाव भए अस्थायी व्यवस्थापन गरेर भए पनि योग्य जनशक्ति तयार गर्नुपर्ने बताएका छन् । बुधबार

Read More »

सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार सुनको मूल्य

Read More »

राजस्थानमा बस र ट्रेलर ठोक्किँदा ठूलो आगलागी : ८ जनाको मृत्यु, २१ घाइते

काठमाडौं । भारतको राजस्थानको दौसाको दिल्ली–मुम्बई एक्सप्रेसवेमा स्लीपर बस र ट्रेलर (ट्रक) एकापसमा ठोक्किँदा ठूलो आगलागी हुँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ भने २१

Read More »

विशेषज्ञदेखि मिर्गौला प्रत्यारोपणसम्म, एसएसएफ र पीएफ सदस्यका लागि किस्टमा व्यापक स्वास्थ्य सेवा

काठमाडौं। स्वास्थ्य उपचारलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्यका साथ किस्ट शिक्षण अस्पताल ले सामाजिक सुरक्षा कोष (एसएसएफ) तथा कर्मचारी सञ्चय कोष (पीएफ) अन्तर्गत

Read More »