अस्पतालमा आगलागी हुँदा ७ जना बिरामीको मृत्यु

नयाँ दिल्ली । भारतको राजस्थान राज्यको राजधानी जयपुरमा रहेको सवाई मानसिंह अस्पतालको आईसीयू वार्डमा गएराति ठुलो आगलागी भयो । यस घटनामा सात बिरामीको मृत्यु भयो भने अन्य कयौँ गम्भीर बिरामीहरूलाई सुरक्षित रूपमा बाहिर निकालियो । घटनास्थलमा रहेका डाक्टर, नर्स र दमकलकर्मीहरूले अथक प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए ।

अस्पतालको ट्रमा सेन्टरको आईसीयू वार्डमा सर्ट सर्किटका कारण आगलागी भएको देखिएको ट्रमा सेन्टरका इन्चार्ज डा.अनुराग धाकडले बताए । आईसीयूमा भर्ना भएका धेरैजसो बिरामी पहिले नै गम्भीर अवस्थामा थिए । अधिकांश कोमामा थिए । सर्भाइभल रिफ्लेक्स कमजोर भएकोले उनीहरूलाई तुरुन्तै सार्न गाह्रो भयो ।

आगोबाट निस्कने विषाक्त ग्यासहरूले उनीहरूको अवस्था अझ बिगार्यो । उनीहरूलाई तल्लो तल्लामा रहेको आईसीयूमा सार्न प्रयास गरिए पनि ६ जना बिरामीलाई बचाउन सकिएन । दुर्घटनाको जानकारी पाएपछि मुख्यमन्त्री भजनलाल शर्मा आफैँ अस्पताल पुगेर अवस्थाको जानकारी लिएका थिए ।

अस्पताल प्रशासनले घटनाको छानबिन गर्न आदेश दिएको छ । प्रहरी र फोरेन्सिक टोलीहरूले आगलागीको कारणको बारेमा विस्तृत अनुसन्धान गरिरहेका छन् । घटनापछि अस्पताल परिसरमा सुरक्षा र अग्नि सुरक्षा उपायहरूको समीक्षा भइरहेको छ । प्रारम्भिक अनुसन्धानले सर्ट सर्किटको सङ्केत गरेको भए पनि अन्तिम रिपोर्ट अनुसन्धानपछि मात्र उपलब्ध हुने बताइएको छ ।

उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु

एथेन्स । उत्तरी ग्रिसकाे जंगलमा लागेकाे भीषण डढेलोमा परेर एउटा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा एक महिला घाइते

Read More »

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

दाङ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-४ भखारे बस्ने ३५ वर्षीय बामदेव

Read More »

फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आवश्यक जनशक्ति अभाव भए अस्थायी व्यवस्थापन गरेर भए पनि योग्य जनशक्ति तयार गर्नुपर्ने बताएका छन् । बुधबार

Read More »

सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार सुनको मूल्य

Read More »

राजस्थानमा बस र ट्रेलर ठोक्किँदा ठूलो आगलागी : ८ जनाको मृत्यु, २१ घाइते

काठमाडौं । भारतको राजस्थानको दौसाको दिल्ली–मुम्बई एक्सप्रेसवेमा स्लीपर बस र ट्रेलर (ट्रक) एकापसमा ठोक्किँदा ठूलो आगलागी हुँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ भने २१

Read More »

विशेषज्ञदेखि मिर्गौला प्रत्यारोपणसम्म, एसएसएफ र पीएफ सदस्यका लागि किस्टमा व्यापक स्वास्थ्य सेवा

काठमाडौं। स्वास्थ्य उपचारलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्यका साथ किस्ट शिक्षण अस्पताल ले सामाजिक सुरक्षा कोष (एसएसएफ) तथा कर्मचारी सञ्चय कोष (पीएफ) अन्तर्गत

Read More »