नेपाली राष्ट्रिय फुटबल टोली आज भियतनाम जाँदै

काठमाडौं, २१ असोज । भियतनाम विरुद्धको एएफसी एसियन कप छनोट खेल्न नेपाली राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ जाने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी एवम् सदस्यले नेपाली टोलीलाई सोमबार बिदाइ गरेका थिए ।

नेपालले भियतनामसँग होम र अवे दुवै खेल खेल्नेछ भने दुवै खेल नेपालले भियतनाममा नै खेल्नेछ । खेल असोज २३ र २८ गते (अक्टोबर ९ र १४ ) हुनेछ । समूह ‘एफ’ मा रहेको नेपालले यसअघि लाओससँग २–१ र मलेसियासँग २–० को हार बेहोरेको थियो । यही कारण छनोटको लागि भियतनाम विरूद्धको खेल निकै महत्वपूर्ण रहनेछ ।

नेपालले पछिल्लो पटक तयारीको क्रममा बंलादेशसँग दशरथ रङ्गशालामा मैत्रिपुर्ण खेल खेलेको थियो । खेल बराबरीमा सकिएको थियो। ‌ दोस्रो खेल जेन–जी प्रदर्शनको कारण हुन सकेन । टोलीका कप्तान किरण चेम्जोङ र लाकेन लिम्बु सिधै भियतनाम पुग्ने बताइएको छ । टोलीमा २३ खेलाडी, प्रशिक्षणसहित ४० जना रहेको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीमा किरण चेम्जोङ (कप्तान),अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की , दिनेश हेंजन, जिलेस्पी जङ्ग कार्की, कृतिश रत्न छुन्जु, कुशल देउबा, लाकेन लिम्बु, मणी कुमार लामा, मनीष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठाकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ रहेका छन् ।

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

दाङ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-४ भखारे बस्ने ३५ वर्षीय बामदेव

Read More »

फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आवश्यक जनशक्ति अभाव भए अस्थायी व्यवस्थापन गरेर भए पनि योग्य जनशक्ति तयार गर्नुपर्ने बताएका छन् । बुधबार

Read More »

सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार सुनको मूल्य

Read More »

राजस्थानमा बस र ट्रेलर ठोक्किँदा ठूलो आगलागी : ८ जनाको मृत्यु, २१ घाइते

काठमाडौं । भारतको राजस्थानको दौसाको दिल्ली–मुम्बई एक्सप्रेसवेमा स्लीपर बस र ट्रेलर (ट्रक) एकापसमा ठोक्किँदा ठूलो आगलागी हुँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ भने २१

Read More »

विशेषज्ञदेखि मिर्गौला प्रत्यारोपणसम्म, एसएसएफ र पीएफ सदस्यका लागि किस्टमा व्यापक स्वास्थ्य सेवा

काठमाडौं। स्वास्थ्य उपचारलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्यका साथ किस्ट शिक्षण अस्पताल ले सामाजिक सुरक्षा कोष (एसएसएफ) तथा कर्मचारी सञ्चय कोष (पीएफ) अन्तर्गत

Read More »

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत अन्तिम ३२ को खेलमा मेक्सिकोले इक्वेडरलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । मेक्सिकोले खेलको

Read More »