चीन र भारतको प्रभाव कमजोर बनाउन अमेरिकाद्वारा नेपाली युवामाथि एकै वर्षमा आधा अर्ब लगानी

काठमाडौं, २१ असोज । नेपाली युवामाथि भारत र चीनको प्रभाव कमजोर बनाउन अमेरिका सरकारले एकै वर्षमा झण्डै आधा अर्ब रुपैयाँ लगानी गरेको पाइएको छ । इन्टरनेसनल रिपब्लिकन इन्स्टिट्युटको रिपोर्टअनुसार सन् २०२१ जुलाईदेखि २०२२ जुनसम्मको अवधिमा मात्र यस्तो लगानी भएको हो । ‘युवा नेतृत्व’ कार्यक्रमको नाममा उक्त रकम खर्च गरिएको बताइएको छ । तर, सन् २०२३, २०२४ र २०२५ का लागि युवामा गरिएको राजनीतिक लगानीबारे जानकारी भने सार्वजनिक गरिएको छैन ।

भारत र चीनको प्रभाव घटाउन अमेरिकाले नेपाली युवालाई राजनीतिक मुद्दामा सक्रिय बनाउँदै साढे तीन लाख अमेरिकी डलर लगानी गरेको कुरा सन्डे गार्डियन अखबारले जनाएको छ । यो रकम पनि सन् २०२१ देखि २०२२ सम्मकै हो । आईआरआईका अनुसार उक्त रकम नेपालमा भारत र चीनविरुद्ध बोल्ने तालिम दिन खर्च गरिएको हो । १६ फेब्रुअरी २०२२ मा काठमाडौंस्थित सोलुसन कन्सल्टेन्ट्ससँग ९ हजार १३५ अमेरिकी डलरको सम्झौता भएको थियो ।

सम्झौताअनुसार सामूहिक छलफलमार्फत राजनीतिक कार्यक्रम सञ्चालन गरिएको थियो । यसलाई ‘युवा नेतृत्व–पारदर्शी नीति’ नाम दिइएको थियो । सम्झौता यति कडा थियो कि त्यसमा चिनियाँ टेलिकम्युनिकेसन प्रविधि प्रयोग नगर्नुपर्ने र भारत तथा चीनबाट ल्याइएका नीतिहरूको विरोध गर्नुपर्ने उल्लेख गरिएको थियो । त्यसैगरी इजरायली कम्पनीले ३४ प्रतिशत नेपाली जेन–जी आन्दोलनलाई उक्साउने खालका फेक ‘अकाउन्ट’ भेटिएको दाबी गरेको तथ्य पनि सन्डे गार्डियनमा उल्लेख छ ।

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

दाङ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-४ भखारे बस्ने ३५ वर्षीय बामदेव

Read More »

फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आवश्यक जनशक्ति अभाव भए अस्थायी व्यवस्थापन गरेर भए पनि योग्य जनशक्ति तयार गर्नुपर्ने बताएका छन् । बुधबार

Read More »

सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार सुनको मूल्य

Read More »

राजस्थानमा बस र ट्रेलर ठोक्किँदा ठूलो आगलागी : ८ जनाको मृत्यु, २१ घाइते

काठमाडौं । भारतको राजस्थानको दौसाको दिल्ली–मुम्बई एक्सप्रेसवेमा स्लीपर बस र ट्रेलर (ट्रक) एकापसमा ठोक्किँदा ठूलो आगलागी हुँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ भने २१

Read More »

विशेषज्ञदेखि मिर्गौला प्रत्यारोपणसम्म, एसएसएफ र पीएफ सदस्यका लागि किस्टमा व्यापक स्वास्थ्य सेवा

काठमाडौं। स्वास्थ्य उपचारलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्यका साथ किस्ट शिक्षण अस्पताल ले सामाजिक सुरक्षा कोष (एसएसएफ) तथा कर्मचारी सञ्चय कोष (पीएफ) अन्तर्गत

Read More »

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत अन्तिम ३२ को खेलमा मेक्सिकोले इक्वेडरलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । मेक्सिकोले खेलको

Read More »