हुकुर्थुम गाउँका ४३ घरमा खानेपानीको पहुँच

ढोरपाटन : बागलुङको बडिगाड गाउँपालिका–२ हुकुर्थुममा ‘एक घर, एक धारा’ सञ्चालनमा आएको छ । बडिगाड गाउँपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्थाको लगानी र स्थानीयको जनश्रमदानबाट हुकुर्थमका ४३ घरमा धारा निर्माण गरिएको हो ।

सो संस्थाको रु १५ लाख ६५ हजार, बडिगाड गाउँपालिकाको रु चार लाख ७२ हजार र जनश्रमदान छ लाख चार हजार लागतमा एक घर, एक धारा निर्माण गरिएको गहते–हुकुर्थुम खानेपानी स्वच्छता तथा सरसफाइ आयोजनाका अध्यक्ष केशबहादुर कुमालले जानकारी दिए । यस अगाडि स्थानीयले गाउँमा रहेको पाँच वटा सार्वजनिक धाराबाट पानी उपभोग गर्दै आएको उनको भनाइ छ ।

सीमित धाराबाट सिङ्गो गाउँले पानी उपभोग गर्दा निकै समस्या भोग्नु परेको भन्दै घर–घरमा धारा बनेपछि स्थानीयको दैनिकी नै फरिन थालेको अध्यक्ष कुमालले बताए । एक घर, एक धारा बनेपछि एक गाग्री पानी भर्नका लागि घण्टौँ कुर्नु पर्ने समस्या समाधान भएको उनको भनाइ छ ।

अध्यक्ष कुमालले भने, “वर्षौँदेखि गाउँमा खानेपानीको समस्या थियो, यस वर्ष बल्ल समाधान भयो, घरको आँगनमै खानेपानी झर्न थालेपछि हामीहरुलाई धेरै सहज भएको छ, पहिले सरसफाइ गर्न, वस्तुभाउलाई खुवाउन साह्रै समस्या हुन्थ्यो, अब त करेसाबारीमा तरकारी खेती गर्न पनि सकिने भयो, घण्टौँ लाइन बस्नु पर्ने बाध्यताको अन्त्य भयो ।”

नेवा संस्थाका कार्यक्रम अधिकृत विनोद कोइरालाले व्यक्तिगत र सार्वजनिक गरि ४५ धारा निर्माण गरेको जानकारी दिए । हुकुर्थुममा दुई किलोमिटर टाढा रहेको मरुवाईझ्याल मुहानबाट पाइप लाइनमार्फत पानी लिएर एक घर, एक धारा निर्माण गरेको उनको भनाइ छ । गाउँमा लामो समयदेखि खानेपानीको समस्या रहेका र समाधानका लागि माग गरेपछि गाउँपालिकासँग सहकार्य गरेर धारा निर्माण गरेको अधिकृत कोइरालाले बताए ।

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

दाङ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-४ भखारे बस्ने ३५ वर्षीय बामदेव

Read More »

फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आवश्यक जनशक्ति अभाव भए अस्थायी व्यवस्थापन गरेर भए पनि योग्य जनशक्ति तयार गर्नुपर्ने बताएका छन् । बुधबार

Read More »

सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार सुनको मूल्य

Read More »

राजस्थानमा बस र ट्रेलर ठोक्किँदा ठूलो आगलागी : ८ जनाको मृत्यु, २१ घाइते

काठमाडौं । भारतको राजस्थानको दौसाको दिल्ली–मुम्बई एक्सप्रेसवेमा स्लीपर बस र ट्रेलर (ट्रक) एकापसमा ठोक्किँदा ठूलो आगलागी हुँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ भने २१

Read More »

विशेषज्ञदेखि मिर्गौला प्रत्यारोपणसम्म, एसएसएफ र पीएफ सदस्यका लागि किस्टमा व्यापक स्वास्थ्य सेवा

काठमाडौं। स्वास्थ्य उपचारलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्यका साथ किस्ट शिक्षण अस्पताल ले सामाजिक सुरक्षा कोष (एसएसएफ) तथा कर्मचारी सञ्चय कोष (पीएफ) अन्तर्गत

Read More »

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत अन्तिम ३२ को खेलमा मेक्सिकोले इक्वेडरलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । मेक्सिकोले खेलको

Read More »